Like us!
Follow us!
Connect us!
Watch us!

१० वटा वाणिज्य बैंकलाई ब्रोकरको काम गर्ने अनुमति

कमला भुसाल

मंगलबार, ०३ असार २०७६, १२ : ०८ मा प्रकाशित

१० वटा वाणिज्य बैंकलाई ब्रोकरको काम गर्ने अनुमति

अर्थ संसार, काठमाडौं- १९ वटा वाणिज्य बैंकले शेयर दलालको काम गर्ने गरी आफ्नो प्रबन्ध पत्र तथा नियमाावलीमा संशोधन गरेर नेपाल राष्ट्र बैंक पुगेका छ्न्। जसमध्ये १० वटा वाणिज्य बैंकहरुले शेयर दलालको काम गर्ने लाइसेन्सको स्वीकृति पाएका छन् । भने नौं वटा बैंकले ब्रोकरको काम गर्ने अनुमति माग्दै केन्द्रिय बैंकमा आवेदन दिएका  छन्। 

नेपाल राष्ट्र बैंकबाट ब्रोकरको काम गर्ने स्वीकृति पाउनेमा इन्भेष्टमेन्ट बैंक, एनआइसी एशिया, बैंक अफ काठमाण्डू लिमीटेड, कुमारी बैंक लिमीटेड, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, जनता बैंक, मेगा बैंक, सेञ्चुरी कमर्सियल बैंक र सानिमा बैंक रहेका छन्।  

वाणिज्य बैंकहरुले यसअघि साधारण सभाबाट ब्रोकरको काम गर्ने प्रस्ताव पारित गराएर राष्ट्र बैंकमा निवेदन दिएका हुन् ।ब्रोकरको काम गर्न अनुमति पाएका १० वाणिज्य बैंकमध्ये दुई बैंकले सहायक कम्पनी खोलेर लाइसेन्सका लागि नेपाल स्टक एक्चेन्ज (नेप्से) मा आवेदन दिइसकेका छन् । नेप्सेमा लाइसेन्सका लागि आवेदन दिनेमा एनआइसी एसिया बैंक र सानिमा बैंक रहेका छन् ।

त्यसैगरी ब्रोकरको काम गर्ने अनुमति माग्दै केन्द्रिय बैंकमा आवेदन दिने बैंकमध्ये नबिल बैंक, हिमालयन बैंक, माछापुछ्रे बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, सिभिल बैंक, कृषि विकास बैंक नेपाल बंगलादेश बैंक, लक्ष्मी बैंक र सनराइज बैंक रहेका छन् 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको