Like us!
Follow us!
Connect us!
Watch us!

‘लभ यु हमेशा’ को फर्स्टलुक र प्रदर्शन मिति सार्वजनीक

कमला भुसाल

मंगलबार, ०३ असार २०७६, १३ : ०८ मा प्रकाशित

‘लभ यु हमेशा’ को  फर्स्टलुक र प्रदर्शन मिति सार्वजनीक

अर्थ संसार, काठमाडौं– प्रेमकथानक चलचित्र ‘लभ यु हमेशा’को फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनीक भएको छ । भाष्कर प्रधानको निर्देशनमा रहेको उक्त चलचित्र आउँदो भदौ ६ गते देशभरका हलमा प्रदर्शन हुने भएको छ । 

आइडियल डिजाइनर्सले डिजाइन गरेको लभ यु हमेशाका बिभिन्न डिजाइनका पोस्टरमा यशराज गरच, ऋचा थापा र फिजा योन्जनलाई हाइलाइट गरिएको छ । धर्मा क्रिएसनको ब्यानरमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सहनिर्माता रहेको फिल्ममा यशराज,रिचा र फिजाका साथमा शिसिर राणा, गोपाल ढकाल (छन्दे), पिटी योल्मा,प्रमिला राई,सल्देन तामाङका कलाकारले अभिनय गरेका छन् । भारतको कालेबुङ, सिलगुडी तथा काठमाडौमा सुटिङ गरिएको फिल्मको केही दृश्य सिंगापुर र फिलिपिन्समा खिचिदैछ ।

निर्देशक भास्करकै कथा,शिब ढकालको छायांकन,एनबि महर्जनको द्धन्द्ध निर्देशन,भासुको संगीत, कमल राईको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन छ । लभ यु हमेशाको बितरण आरआर फिल्मस्ले गर्दैछ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको