Like us!
Follow us!
Connect us!
Watch us!

एशिया फाइनलका लागि खेलाडी छनोट

रबिन दङगाल

मंगलबार, ०३ असार २०७६, १५ : ३३ मा प्रकाशित

एशिया फाइनलका लागि खेलाडी छनोट

अर्थ संसार, काठमाडौँ- सिङ्गापुरमा आयोजना हुने आइसिसी टी ट्वान्टी विश्वकप छनोटको एशिया फाइनल खेलका लागि  आज प्रारम्भिक टोली घोषणा गरिएको छ ।
     
आगामी साउन ६ देखि १२ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि आइसिसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मलित छनोट समितिले  २५ सदस्यीय प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको हो ।
      
सो प्रतियोगिताका लागि नन्दनकुमार यादव पहिलो पटक छनोटमा परेका छन् । आगामी सन् २०२० मा आयोजना हुने विश्वकप छनोटको रुपमा रहेको उक्त फाइनल खेलका लागि नेपाली टोलीको बन्द प्रशिक्षण यही असार ५ गतेबाट शुरु हुनेछ । छनोट हुनेमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, अविनाश बोहरा, वसन्त रेग्मी, अमित श्रेष्ठ, भीम सार्की, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, जीतेन्द्रकुमार मुखिया, करण केसी, कुशल भुर्तेल र ललित भण्डारी छन् । 
    
त्यसैगरी ललितनारायण राजवंशी, आरिफ शेख, नन्दन यादव, पवन सर्राफ, प्रदीप ऐरी, राजु रिजाल, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, साहव आलम, शरद भेषवाकर, सोमपाल कामी, सन्दीप जोरा र सुशन भारी छनोटमा परेका छन् । 
एशिया छनोटमा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपालले आगामी साउन ७ गते कतारसँग खेल्दै प्रतियोगिता उद्घाटन गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको