Like us!
Follow us!
Connect us!
Watch us!

आखिर गल्यो सरकार: गुठी विधेयक फिर्ता

कमला भुसाल

मंगलबार, ०३ असार २०७६, १७ : ०१ मा प्रकाशित

आखिर गल्यो सरकार: गुठी विधेयक फिर्ता

अर्थ संसार, काठमाडौं- नेपाल सरकारले गुठी विधेयक फिर्ता लिएको छ । सरकारले गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै चौतर्फी विरोध भएपछी आज राजधानीमा विशेष पत्रकार सम्मेलन गरि गुठी विधेयक फिर्ता लिएको हो।सम्मेलन मार्फत भूमि सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् ।

विधेयकलाई लिएर भ्रम सिजर्ना गर्ने र वातावरण विथोल्ने कोसिस भएकाले सम्वन्धित सरोकारवालासँग थप छलफल आवश्यक देखिएको मन्त्री अर्यालले बताइन् । ‘गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५’ बैसाख १७ मा राष्ट्रियसभामा दर्ता भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको