Like us!
Follow us!
Connect us!
Watch us!

बाढीले अरुण तेस्रोमा क्षति

मिलन खड्का

बुधबार, ०४ असार २०७६, ०८ : ०१ मा प्रकाशित

बाढीले अरुण तेस्रोमा क्षति

अर्थ संसार,खाँदबारी,-सङ्खुवासभाको मकालु गाउँपालिकाका विभिन्न स्थानमा सोमबार साँझ आएको बाढीले अरुण तेस्रो आयोजनामा क्षति पु-याएको छ । बाढीले मकालु–३ स्थित निर्माणाधीन अरुण तेस्रो आयोजनाको बाँधमा क्षति पु-याउनुका साथै विभिन्न मेसिनसमेत बगाएको छ । 

प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाका अनुसार मकालु–५ मा अरुण तेस्रोको दुई सय क्विन्टल छड तथा निर्माण सामग्रीसमेत बगाएको छ । खाँदबारी नगरपालिका–१० चवाबेँसीमा पनि निर्माणाधीन कात्तिकेघाटको पक्की पुलका लागि राखिएका सामग्रीसमेत बगाएको छ । चिचिला गाउँपालिका–४ मा खाँदबारी–किमाथाङ्का सडक खण्डको सुम्भाभीरदेखि कप्तानेसम्मको तीन किलोमिटर सडक ठाउँठाउँमा बगाएको छ । मकालु गाउँपालिका–५ नुममा पहिरोले अजित राईको घर पुरेको लामाले जानकारी दिनुभयो । उक्त क्षेत्रमा विद्युत् तथा टेलिफोन सेवा अवरुद्ध छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको