Like us!
Follow us!
Connect us!
Watch us!

विद्यार्थी नेता स्ववियु उम्मेदवार बन्न अयोग्य

शुक्रबार, २१ माघ २०७३, १० : २७ मा प्रकाशित

विद्यार्थी नेता स्ववियु उम्मेदवार बन्न अयोग्य

 काठमाडौं- त्रिभुवन विश्वविद्यालयले २८ वर्षे उमेर हदबन्दी तोकेर स्ववियु चुनाव गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । ठूला विद्यार्थी संगठनका नेताहरू चुनावका लागि तयार पनि भइसकेका छन्, तर ती नेताहरू भने स्ववियुमा उम्मेदवार बन्न योग्य छैनन् । प्रायः सबै संगठनका पदाधिकारीले २८ वर्षे उमेर हदबन्दी पार गरिसकेका छन् ।

अधिकांश पदाधिकारी ३०–४० वर्षका
प्रमुख विद्यार्थी संगठनको नेतृत्वमा रहेका पदाधिकारीहरू ३० देखि ४० वर्ष उमेर समूहका छन् । केही विद्यार्थी नेताले भने ४० वर्ष उमेर पनि काटिसकेका छन् । नेविसंघका अधिकांश नेता ३५ देखि ४२ वर्षभित्रका छन् । अध्यक्ष नैनसिंह महरले आफू ४२ वर्ष पुगेको बताए । अनेरास्ववियुका पदाधिकारी अधिकांश ३० देखि ३५ वर्षभित्रका छन् । विद्यार्थी नेताहरू आफैँले बताएको उमेरअनुसार पदाधिकारीमा २६ वर्षदेखि सबैभन्दा बढी ३५ वर्ष उमेरका छन् ।

तीन संगठनमा चार नेता मात्र योग्य
त्रिवि सभाले कायम गरेको उमेर हदबन्दीअनुसार स्ववियु चुनावमा उम्मेदवार हुन तीन संगठनका पदाधिकारीभित्रका चार नेता मात्र योग्य छन् ।

नेविसंघका १५ पदाधिकारीमध्ये एकजना मात्र २८ वर्ष नकटेका छन् । अनेरास्ववियुमा अध्यक्षदेखि विभिन्न आयोग अध्यक्षसम्मका १७ नेतामध्ये एक र अनेरास्ववियु क्रान्तिकारीमा महासचिवसम्मको २७ सदस्यीय कार्यालय टिममा एकजना मात्र २८ वर्षभन्दा कम उमेरका छन् ।

नेविसंघका कोषाध्यक्ष शिव रिमाल २८ वर्षमुनिका छन् । उनले आफू २७ वर्ष पुगेको दाबी गरे । ‘मेरो उमेरले स्ववियु चुनावमा लड्न सक्ने भए पनि म उम्मेदवार बन्दिनँ,’ उनले भने ।

अनेरास्ववियुकी अनुशासन आयोग अध्यक्ष निशा अधिकारी मात्र स्ववियु चुनावका लागि योग्य छिन् । उनी २६ वर्षकी भइन् । अनेरास्ववियु क्रान्तिकारीको सचिवालयसम्मका नेताहरूमा उपाध्यक्षद्वय मिलन एमसी र रविकिरण यादव मात्र २७ वर्षका छन् ।

भवानीश्वर गौतम/नयाँ पत्रिका 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको