Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री कप क्रिकेट आजबाट

रबिन दङगाल

बुधबार, ०४ असार २०७६, १० : ५२ मा प्रकाशित

प्रधानमन्त्री कप क्रिकेट आजबाट

अर्थ संसार, कञ्चनपुर- कञ्चनपुरको भीमदत्तनगरमा आजदेखि  प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । राष्ट्रिय खेलकूद परिषद्को सहकार्य तथा स्थानीय महाकाली स्पोर्ट सोसाइटीको आयोजनामा हुने प्रतियोगिताका लागि सबै तयारी मङ्गलबार साँझ पूरा भइसकेको जनाएको छ ।

प्रतियोगितामा सात प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ गरी आठ टिम सहभागी हुनेछन् ।

प्रतियोगितामा उपाधि विजेताले रु चार लाख नगद, ट्रफीसहित पुरस्कृत हुने आयोजकले जनाएको छ भने प्रतियोगितामा दोस्रो हुने टिमले रु तीन लाख नगद, ट्रफी र तेस्रो हुने टिमले रु दुई लाख नगदसहित पुरस्कृत हुनेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको