Like us!
Follow us!
Connect us!
Watch us!

असारको दोस्रो साताबाट प्रसारण हुँदै 'नेपाल लोक स्टार’

कमला भुसाल

बुधबार, ०४ असार २०७६, ११ : ०९ मा प्रकाशित

असारको दोस्रो साताबाट प्रसारण हुँदै 'नेपाल लोक स्टार’

अर्थ संसार, काठमाडौं- नेपाली लोक गीत संगीतको विकास प्रवर्द्धन र प्रचारको लागि चाहाना मिडियाको आयोजनामा हुन लागेको नेपाल 'नेपाल लोक स्टार' केही दिनमा प्रसारण हुने भएको छ। 

‘नेपाल आइडल’ तथा ‘द भ्वाइस अफ नेपाल’ जस्ता रियालिटी शो नेपालमा सफल भएपछि यस्तै खालका अन्य रियालिटी शो आउने क्रम जारी रहँदा 'नेपाल लोक स्टार' पनि यही असार १२ गतेबाट प्रत्येक बिहीबार र शुक्रबार बेलुकी साढे ८ बजे एपी वान एचडीबाट कार्यक्रम प्रशारण हुने भएको हो। यो कार्यक्रम झण्डै नेपाल आइडलको शैलीमा हुनेछ ।

नेपाली लोक गीत संगीतको विकास प्रवद्र्धन र प्रचारको लागि चाहाना मिडियाको आयोजनामा हुन लागेको नेपाल लोक स्टारको लागि प्रमुख निर्णायकको रुपमा जयनन्द लामा बीबी अनुरागी, रामजी खाँड र सुनिता दुलाल रहेका छन् । 

पहिलो हुने लोक स्टारले रुपैयाँ ५० लाख नगद जित्नेछन् भने दोस्रो हुनेले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । यस्तै प्रतिस्पर्धामा तेस्रो हुनेलाई १० लाख नगद दिने टिमले जनाएको छ । 

चहाना मिडियाका अध्यक्ष सहदेव सहदेव कोइरालाले धनगढी अडिसन फागुन १६ गते, फागुन २२ गते सुर्खेतमा, फागुन २८ गते बुटवलमा, चैत्र ४ गते पोखरामा, त्यस्तै चैत्र २२ गते काठमाडौंमा र चैत्र ११ गते विराटनगरमा अडिसन भएको जनाए।  

अध्यक्ष कोइरालाका अनुसार ‘नेपाल लोक स्टार’को मुख्य प्रायोजकको रुपमा आईएमई रहने भएको छ । आईएमई र ‘नेपाल लोक स्टार’बीच सम्झौता भएको छ । सम्झौतासँगै अब ‘शो’को नाम ‘आईएमई नेपाल लोक स्टार’ भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको