Like us!
Follow us!
Connect us!
Watch us!

५ वर्षभित्र लाइसेन्सलाई स्मार्ट कार्डमा बदल्न कठिन

शुक्रबार, २१ माघ २०७३, १० : ५५ मा प्रकाशित

५ वर्षभित्र लाइसेन्सलाई स्मार्ट कार्डमा बदल्न कठिन

जीवन बस्नेत, काठमाडौं-सरकारको ३ देखि ५ वर्षभित्र देशभर रहेका सबै कागजी सवारीचालक अनुमतिपत्रलाई विद्युतीय स्मार्ट कार्ड ९लाइसेन्स०मा बदल्ने योजना पूरा नहुने देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सबै कागजी लाइसेन्सलाई स्मार्ट कार्डमा लैजाने घोषणा गरेको अवधिको १४ महिनामा कुल १ लाख ३९ हजार स्मार्ट कार्ड वितरण गरेको छ ।

जबकि अहिलेसम्म देशभर २५ लाख कागजी लाइसेन्स वितरण भएका छन् । सरकारी योजनाअनुसार ती सबै लाइसेन्सलाई विद्युतीय स्मार्ट कार्ड लाइसेन्समा लैजाने हो भने वार्षिक ५ लाख कार्ड वितरण गर्नुपर्ने हुन्छ । अहिले गरिएको वितरण लक्ष्यभन्दा धेरै कम छ ।

अहिलेसम्म वितरण भएका लाइसेन्समध्ये करिब १७ लाखवटा मात्र प्रचलनमा रहेको विभागको भनाइ छ । यसकारण लक्ष्य हासिल गर्न सकिने सम्भावना अझै रहेको विभागको दाबी छ । विभागले बाग्मती अञ्चलबाहिरका यातायात कार्यालयबाट सेवा उपलब्ध गराउने भने पनि अझै कुनै तयारी भएको छैन । स्मार्ट कार्ड वितरणका लागि आवश्यक पर्ने प्राविधिक पूर्वाधारको तयारी नभई सेवा सुरु गर्न सकिँदैन । काठमाडौं उपत्यकाबाहिर स्मार्ट कार्ड वितरणका लागि तयारीसमेत भएको छैन ।

तर, यातायात व्यवस्था कार्यालयका प्रवक्ता डा। टोकराज पाण्डेले अनलाइन प्रणालीले काम गर्न थालेपछि अहिले हुने ढिलाइमा सुधार आई राखिएको लक्ष्य पूरा हुने बताए । ‘त्यस्तै बागमती अञ्चलबाहिरबाट पनि सेवा उपलब्ध गराउने तयारीमा छौँ,’ उनले भने ।

स्मार्ट कार्ड लाइसेन्स २१ हजार मात्र बाँकी
सरकारले १४ मंसिर ०७२ देखि स्मार्ट कार्ड वितरण थालेको हो । पहिलो लटमा वितरण गर्ने भनिएको कुल १ लाख ६० हजार स्मार्ट कार्ड लाइसेन्समध्ये अहिलेसम्म १ लाख ३९ हजार वितरण गरेको छ । अब यातायात व्यवस्था विभागसँग २१ हजारवटा मात्र स्मार्ट कार्ड बाँकी छन् । अहिलेसम्म वितरण भएको प्रवृत्तिलाई हेर्ने हो भने मासिक १० हजार स्मार्ट कार्ड वितरण हुने गरेका छन् । यसअनुसार आगामी दुई महिनाका लागि मात्र पुग्ने कार्ड विभागसँग छन् ।

५३ हजार कार्ड तयारी अवस्थामा
विभागका अनुसार दोस्रो लटमा थप ५३ हजार स्मार्ट कार्ड ल्याउने तयारी भइरहेको छ । ‘यसकारण कार्डको अभाव हुनेछैन,’ विभागका प्रवक्ता डा। पाण्डेले भने । भारतीय कम्पनी मद्रास प्रिन्टर्सले कार्ड तयारी गरिसकेको र ल्याउने काम मात्र बाँकी रहेको उनको भनाइ छ । त्यस्तै, नया“ लटको कार्डमा पहिलोको तुलनामा सुधार गरिएको छ । सवारीको क्याटोगरी र अन्य जानकारी पनि थप गरिएको पाण्डेले जानकारी दिए ।

थप ३ वटा ट्रायल सेन्टरका लागि प्रस्ताव आह्वान
विभागले काठमाडौं उपत्यकामा तीन ट्रायल सेन्टर थप गर्ने प्रक्रिया सुरु गरेको छ । त्यसका लागि माघ १४ गते सार्वजनिक सूचनामार्फत नयाँ ट्रायल सेन्टरका लागि प्रस्ताव आह्वान गरेको हो । ट्रायल सेन्टर थप भएपछि अहिले ट्रायल दिन पालो पर्खिनुपर्ने सास्ती हट्नेछ । अहिले काठमाडौं उपत्यकामा दुईवटा ट्रायल सेन्टर रहेका छन् ।

जीवन बस्नेत/नयाँ पत्रिका 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको