बिहिबार, २८ कार्तिक २०७६
टाटा मोटर्सको सोरुममा मनसुन मेनिया
बुधबार, ०४ असार २०७६

अर्थ संसार, काठमाडौं– टाटा मोटर्स र यसको नेपालका लागी अधिकारिक बिक्रेता, सिप्रदी ट्रेडीङ्ग प्रा.लि. ले मनसुनको अवसरमा मनसुन मेनिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रममा टाटा मोटर्सको थापाथली स्थीत अत्याधुनीक सोरुममा  आषाढ ४ गते देखि सुरु भई ८ गते सम्म संचालन हुनेछ ।

उक्त अवसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगाएतको गाडीहरु अबलोकन तथा टेष्ट ड्राइभ गर्न र जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्ज को सुविधा उपलब्ध गराएको छ ।

कार्यक्रममा नगद छुट, गाडीको एक्सचेन्जमा बिशेष सुविधा, प्रत्यक बुकिङ्गमा स्मार्ट फोन, प्रत्यक गाडिको मुल्याङ्कनमा इन्धन सुविधा र टेस्ट ड्राइभमा सिनेमाको टिकट लगाएतका विशेष आर्कषणहरु रहेका छन ।  

सो अवसरमा थापाथलि स्थित टाटा मोटर्सको अत्याधुनिक स्वरुममा पाल्नुभई भरपुर फाईदा उठाउनुहुन कंम्पनिले अनुरोध गरेको छ ।

 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved