Like us!
Follow us!
Connect us!
Watch us!

ह्वावेको ब्रान्ड भ्यालु ८ प्रतिशतले बढ्यो

कमला भुसाल

बुधबार, ०४ असार २०७६, १७ : ५० मा प्रकाशित

ह्वावेको ब्रान्ड भ्यालु ८ प्रतिशतले बढ्यो

अर्थ संसार, काठमाण्डौ–  ह्वावेले ब्रान्ड इन्डेक्समा उसको स्थान सुधार गर्दै ब्रान्ड भ्यालु बढाएको छ । डब्लुपीपीको रिसर्च आर्म क्यान्टरले प्रकाशन गरेको ब्रान्डजेडको वार्षिक ग्लोबर ब्रान्डस् स्टडीमा ह्वावे गत वर्षभन्दा एक स्थानमाथि उक्लिदैँ ४७औँ स्थानमा पुगेको छ । साथै ब्रान्ड भ्यालुमा पनि ८ प्रतिशतले वृद्धि भएको छ ।

ह्वावे पी ३० स्मार्टफोनको अत्यधुनिक क्यामरा प्रणाली तथा फाइभ जी क्षमता र फोल्डेबल डिजाइन भएको अभूतपूर्व प्राविधिक नवीनताजडित ह्वावे मेट एक्स ह्यान्डसेट संचारक्षेत्र र ग्राहकहरूमाझ लोकप्रिय छ । साथै सबैभन्दा राम्रो प्रोडक्ट रिभ्युहरू, अनगिन्ती पुरस्कारहरू र सफलता पाएको छ र यो ह्वावेको बढ्दो बिक्रीबाट पनि झल्किन्छ।

एउटा अग्रणी विश्लेषक कम्पनी आइडीसीले हालैको विश्वव्यापी मोबाइल डिभाइस ट्र्याकरमा ह्वावको आपूर्तिमा वर्षै्पिच्छे ५० प्रतिशतले भन्दा बढी वृद्धि भएको विषयलाई जोड दिएको छ ।

मोबाइलफोनहरूको दुनियाँमा ह्वावे कम्पनीले आफ्नो स्थानलाई बलियो बनाउँदै व्यापारिक कोणबाट सामसाङसँगको दूरी कम गर्दै विश्वव्यापी रूपमा सबैभन्दा दोस्रो धेरै बिक्री हुने मोबाइलका रूपमा स्थान सुदृढ बनाएको छ ।

आइडीसीका अनुसार ह्वावेले स्मार्टफोनको वर्गतर्फ विश्वव्यापी बजार सेयरको १९ प्रतिशत ओगट्दछ र सन् २०१९ को पहिलो तीन महिनाको अवधिमा आपूर्तिमा वृद्धि हुँदै र्याङकिङको सबैभन्दा शीर्ष स्थानमा रहन सफल एकमात्र स्मार्टफोन भेन्डर बन्यो।

ब्रान्डजेडको प्रतिवेदन स्थान पाएका ९ वटा नवप्रवेशीहरूमध्ये चारवटा कम्पनीहरू चीनमा आधारित रहेका छन् भने उत्कृष्ट १०० भित्र परेकामध्ये १५ वटा चिनियाँ कम्पनीहरू रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको