Like us!
Follow us!
Connect us!
Watch us!

चढ्ने हैन त नयाँ होण्डा Dio DLX ?

मिलन खड्का

विहीबार, ०५ असार २०७६, ०७ : १८ मा प्रकाशित

चढ्ने हैन त नयाँ होण्डा Dio DLX ?

अर्थ संसार, काठमाडौं- नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकृत बिक्रेता र ज्योति ग्रुपको एक अग्रणी कम्पनि स्याकार ट्रेडिङ्ग कम्पनि प्रा.लि. ले नेपालमा सर्वाधिक बिक्री हुने DIO स्कुटरको नयाँ मोडेल होण्डा DIO DLX लाई नेपाली बजारमा भित्राएको छ ।

समकालीन शहरी डिजाइनमा आधारित होण्डाDIO DLX मा आकर्षक र स्टाईलिस लुक रहेको छ जसले आधुनिक स्कुटरहरुलाई पूर्णरुपमा रि–डिफाइन गर्न सफल भएकोे छ । उत्कृष्ट माइलेज भएको १०९ सिसि ईन्जिन युक्त यस DIO DLX  मा चालकहरुको सहजताका लागि पूर्ण डिजिटल मिटरका साथै ECO स्पिड इण्डिकेटर रहेको छ । Seat Opening Switch  का साथै 4 in 1 Lock सिस्टम रहेको DIO DLX मा अगाडि अवस्थित स्मार्ट Seat Opening Switch र प्रशस्त Under Seat Storage ले यस स्कुटरलाई अझ बढी उपयोगी बनाएको छ । Equalizer का साथ Combi Brake System (CBS)युक्त यस स्कुटरले ब्रेकिङ्ग दूरी न्यूनतम गरी स्कुटरलाई नियन्त्रणमा राखी सुरक्षित यात्रा सुनिश्चित गर्दछ । विभिन्न विशेषताहरुले भरिपूर्ण यस होण्डा DIO DLX  मा अर्को मुख्य आकर्षक विशेषता भनेको यसमा रहेको सर्भिस ड्यू इण्डिकेटर रहेको छ जसले चालकहरु लागि नियमीतरुपमा सर्भिसिङ्ग गर्नको लागि स्मरण गराउँछ । मोबाइल चार्जिङ्ग सकेट सहित उपलब्ध यस नयाँ DIO DLX को नेपाली मूल्य रु.२,०३,९०० तोकिएको छ ।   

सन् १९६७ मा ज्योति ग्रुपद्वारा आयात गरिने होण्डा मोटरसाइकलहरुको बिक्रि वितरणसँगै स्थापित स्याकार ट्रेन्डिङ   कम्पनी प्रा.लि. नेपालको एक प्रतिष्ठित र अग्रणी कम्पनी हो जसको शोरुमहरु नेपालभर फैलिएका छन् ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको