Like us!
Follow us!
Connect us!
Watch us!

बस दुर्घटनामा नाती र हजुरआमाको मृत्यु , २६ घाइते

सोमबार, १७ असोज २०७३, १२ : ०६ मा प्रकाशित

बस दुर्घटनामा नाती र हजुरआमाको मृत्यु , २६ घाइते


 अर्थ संसार
पोखरा–  आज विहान  पोखरा–२७ याम्दीको पुल नजिकै यात्रुबाहक वस दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।  काठमार्डौँबाट बागलुङको बुर्तिवाङतर्फ गइरहेको ग१ख ६१६९ नम्वरको यात्रुबाहक बस  दुर्घटना हुँदा गुल्मी जिल्लाको नेटा गाविस– २ का ४७ वर्षीया मनरुपा अर्याल र उनको दुई वर्षीय नाती अतित अर्यालको मृत्यु भएको    जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते यात्रुको पोखराको मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय बगरका प्रहरी नायब निरीक्षक शिवबहादुुर खत्रीले जानकारी दिए। एउटा बसले अर्को बसलाई उछिन्न खोज्दा बस अनियन्त्रित भई सडकको किनारमा पल्टिएको थियो  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको