Like us!
Follow us!
Connect us!
Watch us!

करेन्ट लागेर युवतीको मृत्यु

रबिन दङगाल

मंगलबार, १० असार २०७६, १३ : ३५ मा प्रकाशित

करेन्ट लागेर युवतीको मृत्यु

अर्थ संसार, दमौली- तनहुँको म्याग्दे गाउँपालिका–२ पातीचौरमा सोमबार राति करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी २८ वर्षीया सीता थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

माधव घिमिरेको घरमा डेरा गरी बस्ने तिलमाला आलेको घरमा पाहुना आएकी थापालाई बिजुलीको होल्डर सार्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते उनको रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको