Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन हुन नसके मुलुक चक्रब्यूहमा फस्छ: नेता नेपाल

शनिबार, २२ माघ २०७३, १३ : ४७ मा प्रकाशित

निर्वाचन हुन नसके मुलुक चक्रब्यूहमा फस्छ: नेता नेपाल

काठमाडौँ-नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले समयमा निर्वाचन हुन नसके मुलुक चक्रब्यूहमा फस्ने चेतावनी दिएका छन् । प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले परिवर्तनका अभियन्ता दलले आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्र्ने राष्ट्रिय दायित्वलाई पूरा गर्न राष्ट्रिय एकताको नयाँ माहोल सिर्जना गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘को मान्छ, को मान्दैन, कसले बहाना बनाउँछ भन्ने छाड्नुस् नत्र तपाईँलाई परिवर्तनका उपलब्धि धरापमा पार्ने बाधकका रुपमा इतिहासले चित्रित गर्नसक्छ ।’ कार्यक्रममा नेता नेपालले चौतारी स्थापनाकालका अगुवा र पूर्व अध्यक्षलाई सम्मान समेत गरे । सम्मानित हुनेमा एमालेका तत्कालीन पार्टी प्रचार विभाग प्रमुख प्रदीप नेपाल, वरिष्ठ पत्रकार गोपाल थपलिया, पूर्व अध्यक्ष विजय चालिसे, शम्भु श्रेष्ठ, बालकृष्ण चापागाईँ, गगन विष्ट र राजेन्द्र अर्याल रहेका छन् ।

कार्यक्रममा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले मुलुकलाई विखण्डन गर्न खोज्ने र विदेशी हस्तक्षेपलाई आमन्त्रण गर्ने प्रवृत्तिको अन्त्यका लागि आफ्नो पार्टीले आगामी फागुन २१ गतेदेखि मेची–महाकाली अभियान सञ्चालन गर्न लागेको उल्लेख गरे । उनले पेसागत र साझा संस्थाको मर्यादा र गरिमालाई उँचो राख्न पार्टी सदैव तत्पर रहेको स्पष्ट पारे ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले परिवर्तित सन्दर्भमा पार्टी र सङ्गठनले आफ्नो भूमिकालाई बदलेर व्यावसायिक पत्रकारितामा केन्द्रित गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले राजनीतिक परिवर्तन र लोकतन्त्रतका लागि नेपाली मिडियाले अग्रमोर्चामा रहेर भूमिका निर्वाह गरेको उल्लेख गर्दै परिवर्तनका कार्यसूचीलाई संस्थागत गर्न पनि मिडियाले उत्तिकै भूमिका निर्वाह गर्नुपर्ने बताए ।

रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको