Like us!
Follow us!
Connect us!
Watch us!

नेपालगञ्जमा रु ५२ करोड अधिकतम पूँजीमा रु ३८ करोड अपचलन

रबिन दङगाल

विहीबार, १२ असार २०७६, १० : ३० मा प्रकाशित

नेपालगञ्जमा  रु ५२ करोड अधिकतम पूँजीमा  रु ३८ करोड अपचलन

अर्थ संसार, नेपालगञ्ज- नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको कूल पूँजीको झन्डै ७० प्रतिशत रकम अपचलन भएको छानबिन समितिले देखाएको छ । बाँके जिल्ला सहकारी कार्यालयका नवराज उपाध्यायको संयोजकत्वमा गठन भएको छानबिन समितिले दिएको प्रारम्भिक प्रतिवेदनमा रु ५२ करोड अधिकतम पूँजी रहेको नेपालगञ्ज सहकारीको झन्डै रु ३८ करोड अपचलन भएको उल्लेख छ । सो प्रतिवेदनअनुसार, सहकारीको कूल रु ५२ करोड अधिकतम पूँजीमा विगतको रु २६ करोडमा थप रु १२ करोड अपचलन भएको छ ।
 
यसैबीच, सो सहकारी संस्थाले आज यहाँ सार्वजनिक सूचना जारी गर्दै असार २१ गते विशेष साधारणसभा बोलाएको छ । सहकारीका अध्यक्ष हरदेवबक्स चौधरीले निक्षेप लगानीकर्ताको रकम फिर्ता कसरी गर्ने र संस्थालाई कसरी अगाडि बढाउने भन्ने मुख्य एजेण्डा बनाएर विशेष साधारणसभा बोलाइएको बताए ।
  
एक महीनाअघि सो सहकारीका प्रबन्धकलगायतका कर्मचारीले रकम अपचलन गरेपछि बचतकर्ताको संस्था कार्यालयमा घुइँचो लाग्ने गरेको छ । पैसा पाउने आशामा सहकारीपीडित दैनिक सहकारीको कार्यालय अगाडि जाने गर्छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले सहकारीको रकम अपचलन गर्ने कर्मचारीलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको