Like us!
Follow us!
Connect us!
Watch us!
३० लाख कित्ता साधारण सेयर आउँदै

अरुण काबेलीले पायो सेयर निस्कासन अनुमति

सोमबार, १७ असोज २०७३, १३ : ३२ मा प्रकाशित

अरुण काबेलीले पायो सेयर निस्कासन अनुमति

अर्थ संसार
काठमाडौं–धितोपत्र बोर्डले अरुण काबेली हाइड्रो पावर लिमिटेडलाई ३० लाख कित्ता साधारण शेयर निष्कासन  गर्न अनुमति दिको छ । बोर्डको अनुमतिपछि कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण सेयर सर्बसाधारणका लागि निस्कासन गने छ । अरुण काबेलीले पाँचथर र ताप्लेजुङ सिमा भएर बग्ने नदीबाट २५ मेगावाटको बिद्युत आयोजना निर्माण गरिरहेको छ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्र पाँचथर र ताप्लेजुङका स्थानीय बासिन्दाका लागि १५ लाख कित्ता साधारण सेयर निष्कासन गरेर बाँडफाँड गरिसकेको छ । आयोजनाको लागत १ अर्ब ५० करोड अनुमान छ । त्यस आयोजनामा सस्थापक समूहको १ अर्ब ५ करोड रुपैयाँ लगानी छ । स्थानीय बासिन्दालाई १५ करोड रुपैयाँ बराबरको सेयर वितरण गरिएको छ । यसपछि सर्बसाधारणका लागि ३० करोड रुपैयाँको सेयर वितरण गरिने कम्पनीले जनाएको छ । आयोजनाको सेयर निस्कासन तथा विक्री प्रधन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । 

हरेक बर्ष ३ प्रतिशतका दरले आम्दानी बढ्दा पाँचौं बर्ष यसको आँदानी ८७ करोड १९ लाख लाख रुपैयाँ हुने छ । यस आधारमा सेयरधनीले ब्यवसायिक उत्पादन सुरु भएको दोस्रो बर्षदेखि नै लाभांश पाउन थाल्ने छन् ।

अरुण भ्याली हाइड्रोपावरको सहायक कम्पनीका रुपमा अरुण काबेली पावर लिमिटेडको स्थापना सन् २०१० मा भएको हो । कम्पनीले सन् २०१२ मा विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता र उसको ग्रिडमा विद्युत प्रसारण गर्ने सम्झौता गरेको थियो । कम्पनीले उर्जा मन्त्रालयबा सन् २०१३ मा विद्युत उत्पादन अनुमति पत्र पाएको थियो ।

आयोजना पूरा भएपछि यसबाट उत्पादित विद्युत १३२ केभिको ट्रान्समिटरमार्फत पाँचथरको अमरापुरमा जोडिने छ । सानो पूँजी संकलन गरेर ठूलो आयोजना निर्माण गर्न सकिन्छ भन्ने उदाहरण अरुण काबेलीले देखाएको छ ।

कम्पनीले गरेको पूर्वानुमान अनुसार आयोजना पूरा भएको पहिलो बर्ष ७६ करोड २८ लाख रुपैयाँ आम्दानी गर्ने छ । हरेक बर्ष ३ प्रतिशतका दरले आम्दानी बढ्दा पाँचौं बर्ष यसको आँदानी ८७ करोड १९ लाख रुपैयाँ हुने छ । यस आधारमा सेयरधनीले ब्यवसायिक उत्पादन सुरु भएको दोस्रो बर्षदेखि नै लाभांश पाउन थाल्ने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको