Like us!
Follow us!
Connect us!
Watch us!

रु ४ करोड ५० लाखको लागतमा भोजपुरमा डिपिआर तयार

रबिन दङगाल

शुक्रबार, १३ असार २०७६, १५ : १६ मा प्रकाशित

रु ४  करोड ५० लाखको लागतमा भोजपुरमा डिपिआर तयार

अर्थ संसार, भोजपुर- भोजपुरको पौवादुङ्मा गाउँपालिकाले पर्यटन प्रवद्र्धनको क्षेत्रमा कार्य अगाडि बढाउन थालेको छ । गाउँपालिकालाई पर्यटनको क्षेत्रमा विकास गर्ने लक्ष्यले काम थालेको हो । जसअनुसार गाउँपालिका केन्द्रमा रहेको स्थानमा च्याङ्ग्रे दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ निर्माणका लागि डिपिआर तयार भएको छ । 

त्यस्तै गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल सन्तानेश्वर मन्दिर र अरुण डाँडालाई पनि पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि भर्खरै डिपिआरको काम सकिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी  दिए । च्याङ्ग्रे भ्यू टावर निर्माणका लागि रु ९२ लाख, सन्तानेश्वर मन्दिर निर्माणका लागि रु दुई करोड सात लाख र अरुणमा भवन निर्र्माण तथा अन्य संरचना निर्माणका लागि रु चार करोड ५० लाखको लागतमा डिपिआर तयार भएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । 

अध्यक्ष राईका अनुसार डिपिआर सम्पन्न भएका सबै संरचनाको निर्माण कार्य तीन वर्षमा सक्ने लक्ष्य रहेको छ । अरुण डाँडा समुद्री सतहबाट करीब दुई हजार २०० मिटरको उचाइमा अवस्थित रहेको छ । गाउँपालिकाले तीन वटै संरचनाको डिपिआर तयार गर्नका लागि रु २० लाखका दरले रु ६० लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । 

त्यस्तै गाउँपालिकाले पर्यटनसँगै खेल क्षेत्रका विकास गर्ने उद्देश्यले कभर्ड हल निर्माण गरिसकेको छ भने अन्तर्राष्ट्रियस्तरको रङ्गशालासमेत निर्माण गरिरहेको छ । जसका लागि रु एक करोड ३५ लाख लागतमा काम भइरहेको र त्यसको पनि डिपिआर तयार भइरहेको गाउँपालिको भनाइ छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको