Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फेशन आइडल २०१७ हुने

आइतबार, २३ माघ २०७३, १४ : ०८ मा प्रकाशित

नेपाल फेशन आइडल २०१७ हुने

अर्थ संसार 

काठमाडौ–रसलाईट मिडियाले सौन्दर्य प्रतियोगिता गर्ने भएको छ । मोडलिङ क्षेत्रमा आउन चाहने युवायुवतीलाई लक्षित गरेर ‘नेपाल फेशन आईडल २०१७’ हुने भएको  छ ।  प्रतियोगिताका लागि फर्म खुल्ला भएको छ ।

सन आइडलमा १६ वर्षदेखी २९ वर्ष उमेर समुहका युवायुवतिले सहभागी हुन पाउने छन् । प्रतियोगितामा केटाको ५.५ फिट र केटीको ५ फिट उचाई हुनु पर्ने आयोजक संस्थाले जनाएको छ ।

नेपाल फेशन आईडलको विजेताले नगद २५ हजारसहित विज्ञापनमा खेल्न पाउने छन् । साथै विभिन्न आकर्षक उपहार तथा मोडलिङ सम्बन्धी अवसर प्रदान गरिने आयोजक संस्थाकी अध्यक्ष रमिता भण्डारीले जानकारी दिइन ।

उनका अनुसार प्रतियोगितामा सहभागीहरुलाई सञ्चार, एमसी, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि कक्षा, मोटिभेसन कक्षाका साथै अन्य मोडलिङ तथा विविध विषयमा प्रशिक्षण दिइने छ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको