Like us!
Follow us!
Connect us!
Watch us!

गायक शंकर थापा स्माइलको 'अल राउण्डर' सार्बजनिक(भिडियो सहित)

कमला भुसाल

शुक्रबार, १३ असार २०७६, १६ : ५५ मा प्रकाशित

अर्थ संसार, काठमाडौं- गायक शंकर थापा स्माइलको स्वरमा रहेको नयाँ म्युजिक भिडियो 'अल राउण्डर' सार्बजनिक भएको छ ।

दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक बजारमा चर्चा कमाउन सफल गायक शंकर थापा स्माइलको सुमधुर आवाज रहेको म्युजिक भिडियो 'अल राउण्डर' भर्खरै मात्र भाबसागर ईण्टरटेन्मेण्ट बाट सार्बजनिक भएको हो ।

सयौं चर्चित गीतहरुको सर्जक बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा गायक शंकर थापा स्माइलको संगीत रहेको सार्बजनिक गीतमा र्यापर सुदिप अनडिफिटेडको र्याप रहेको छ ।  छायाँकार ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन गरेको भिडियोलाई सुजन मार्फा तामाङले कोरियोग्राफी तथा निर्देशन गरेका छन् ।

म्युजिक भिडियोमा डान्स प्लस ४ का फस्ट रनरअप सुजन मार्फा तामाङ तथा  एलिएड २० क्रिउलाइ फिचरिङ गरिएको छ । भिडियो हेर्नुहोस :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको