Like us!
Follow us!
Connect us!
Watch us!

गणे इशाराले ल्याए बाँचे खाने भातै हो (भिडियो सहित)

मिलन खड्का

शनिबार, १४ असार २०७६, १७ : ५९ मा प्रकाशित

अर्थ संसार, काठमाडौँ- नेपाली हाँस्य ब्यङ्ग्य क्षेत्रमा नाम कमाएका कलाकार हुन् कलाकार गणेश इशारा । उनी हरेक खालका अभिनयमा दख्खल राख्छन् । हाल एक अक्षय कोषको स्थापनाका निम्ति देशब्यापी "गणेश इशारा अल नेपाल एकल कमेडी शो" को अभियानमा रहेका यी नै गणेश इशारा र सुरती राईको अभिनयमा एउटा गीतको भिडियो सार्वजनिक भएको छ । "बाँचे खाने भातै हो, मरे लाने घाटै हो" बोलको पुर्बेली गीतको भिडियो सार्वजनिक भएको हो । 

पुर्बेली जुनतारा म्युजिकले अडियो भिडियो सार्वजनिक गरेको उक्त गीतमा शिखर गजरकोटेको शब्द रहेको छ भने प्रियजन राईको लयमा प्रियजन राई र ईन्द्रकला राईको स्वर रहेको छ । सन्तोष प्रगाढको संगीत संयोजनमा गोविन्द सोनीले मास्टरिङ र मिक्सिङ गरेका छन् । नरेश ऐरको छायाँकनमा प्रियजन राईले नै निर्देशन गरेको भिडियोमा ज्याक गुरुङ, पदम अधिकारी, ईन्द्र आले र सुदिप यसमालीको समेत अभिनय रहेको छ भने तुलसी बाँस्कोटाले सम्पादन गरेका छन् । 

5d175699c3fc0.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको