Like us!
Follow us!
Connect us!
Watch us!

दीक्षाले जितिन मिस एसईई युनिभर्सलको ताज

कमला भुसाल

आइतबार, १५ असार २०७६, १४ : ०४ मा प्रकाशित

दीक्षाले जितिन मिस एसईई युनिभर्सलको ताज

अर्थ,संसार,काठमाडौं – ‘मिस एसईई युनिभर्सल २०१९’को ताज दीक्षा ढकालले जितेकी छन् । १९ प्रतियोगिलाई पछि पर्दै उनी शिर्ष बिजेता बन्न सफल भएकी हुन् । फेसबुक च्वाईस, मस्टपपुलर र मस्टब्युटिफुल उपाधि समेत हात परेकी ढकालले बिभिन्न अवसर र पुरस्कार उपहारको रुपमा प्राप्त गरिन् ।

जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा सजिना नेपाल बेस्टस्पिच सहित फष्ट रनरअप, रीया गहतराज मष्ट फोटोजेनिक सहित सेकेन्ड रनरअप चुनिदा प्रनिका श्रेष्ठ बेष्ट र्याम्पवाक सहित थर्ड रनर अप र अनुजा पुरी बेष्ट डान्स सहित फोर्थ रनरअफ घोषित भए ।

ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगितामा ममता वली पब्लिक च्वाई र भ्युवर्स च्वाई, नम्रता थापा बेष्टस्माइल, ईशा केसी ब्युटी विथ पर्पस, विविसा लामिछाने मिस ट्यालेन्ट, अदीती सुनुवार बेष्ट हेयर, सञ्चिता लामा बेष्ट स्क्रिन, स्नेहा लामा तामाङ मष्ट डिस्पिलिन, करिना मानन्धर बेष्ट पर्सनालीटी, श्रेया श्रेष्ठ मष्ट फ्रेन्डली, बिना घले मष्टचार्मिङ , झरना थापा मगर फेसन आइकन, सलिना बुढाथोकी सोशल वेलफेयर एम्बेसडर, दीक्षा राई म्यानेजमेन्ट च्वाइस्, प्रिती खड्का मष्ट एक्टिभ उपाधि विजेता बन्न सफल भए ।

एसईई दिएर बसेका छात्राहरुको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा बाटो देखाउने प्रतियोगिताको मुख्य उदेश्य रहेको आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टका सिईओ प्रिती कार्कीले बताइन् । 

अभिनेता रमेश बुढ़ाथोकी, हिस्सानका अध्यक्ष तथा गोल्डेन गेट कलेजका प्रमुख रमेश सिलवा, अध्यापक तथा संगीतकार सरोज प्याकुरेल, अभिनेता गजित बिष्ट, गायक तथा डाक्टर आभास लाभ, आईडीयल स्कूलका संस्थापक पूर्ण लामा, मिसेस नेपाल इंटरनेशनल तथा मिसेस एसिया प्यासिफिक चंन्दा थापा गिरी प्रतियोगितामा निर्णायक रहेका थिए ।
     
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको