Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली कथानक चलचित्र काँचुली  को अफिसियल पोस्टर सार्बजनिक

मिलन खड्का

सोमबार, १६ असार २०७६, ०८ : ०६ मा प्रकाशित

नेपाली कथानक चलचित्र काँचुली  को अफिसियल पोस्टर सार्बजनिक

अर्थ संसार, काठमाडौँ-बि जि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुति रहेको नेपाली कथानक चलचित्र काँचुलीको  पहिलो पोस्टर सार्बजनिक भएको छ  । 

चलचित्र युनिटले आज काठमाडौँको भद्रकाली मन्दिर परिसरमा अनाथ असहाय हरु लाई दहि चिउरा बितरण गर्दै चलचित्रको पहिलो  पोस्टर सार्बजनिक गरेको हो ।

चलचित्रमा शुभेच्छा थापा,रबिन श्री,सुभाष गजुरेल,शर्मिला शर्मा र राजन महर्जन को मुख्य  भुमिका रहेको छ   । 

छायांकन सुशील डाँगी,दन्द्व देव महर्जन ,नृत्य राजन महर्जन र दिलिप राई ,बितरण तिरुपती फिल्मसका लागि सरोज शर्मा र सुनिता भट्टराई ,लेखनर निर्देशन शंकर अधिकारी घायल को रहेको छ ।

चलचित्रमा  संगीत राजु लामा, राजेन्द्र बजगाईँ ,शंकर अधिकारी घायलको रहेको छ भने सपना श्री,नित्याशिवा,राजेन्द्र बजगाइ र शम्भु रै का आवाज रहेको छ । काँचुली श्रावण २४ गते रिलिज गरिने  चलचित्रका मिडिया कोर्डिनेटर रोशन पोखरेलले बताए  । 
आज नै सामाजिक विषय बस्तुमा तयार पारिएको नेपाली कथानक चलचित्र चार्जर को पनि घोषणा गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको