Like us!
Follow us!
Connect us!
Watch us!

ओपोद्वारा नेपालमा रेनो १० एक्स जुम ईडिसन सार्वजनिक मूल्य रु. ८९,९९०

मिलन खड्का

सोमबार, १६ असार २०७६, १२ : ५२ मा प्रकाशित

ओपोद्वारा नेपालमा रेनो १० एक्स जुम ईडिसन सार्वजनिक मूल्य रु. ८९,९९०

अर्थ संसार, काठमाडौं– ओपोले नेपालमा रेनो १०एक्स जुम ईडिसन सार्वजनिक गरेको छ । ओपोको नयाँ फ्ल्यागशिप रेनो सिरिज अन्तर्गतको यो फोन असार १५, आईतवारदेखि नेपालउपलब्धगरिएको हो । ओपो रेनो १०एक्स जुम ईडिसनको प्रमुखआकर्षण, यसको नामअनुसार स्वभाविकरुपमा १०एक्स लसलेस हाइब्रिड अप्टिकल जुमहो । ओपो रेनो १०एक्स जुम ईडिसनमा रहेको साइड–स्विङ सेल्फीक्यामेरा स्मार्टफोनको अर्को प्रमुखआकर्षण हो ।
 
ओपो रेनो १०एक्स जुम ईडिसनको ८ जीबी ¥याम÷२५६ जीबी रोम संस्करणको मूल्य रु. ८९ हजार ९ सय ९० निर्धारण गरिएको छ । यो फोन जेट ब्ल्याक र ओसन ग्रिन गरी दूई आकर्षक रङमाउपलब्धगरिएका छन् । ओपो १०एक्स जुम ईडिसन पहिलो पटक चीनमा र  लगतै यूरोपमाओपो रेनो र ओपो रेनो ५जीका साथमा सार्वजनिकगरिएको थियो ।
ओपो रेनो १०एक्स जुम ईडिसन अलरओएस ६माआधारित एण्ड्रोइड पाईमार्फत सञ्चालित हुन्छ । साथै, नयाँफोनमामोबाइल गेमिङ अनुभवमाउत्कृष्टता प्रदानगर्ने सोचका साथफ्रेम बुस्ट र टच बुस्ट एक्सिलिरेसन सहितको गेम बुस्ट २.० एक्सिलिरेसन ईञ्जिन समाहितहाईपर बुस्ट परफरमेन्स ईन्ह्यान्समेन्टपनि उपलब्ध छ ।
फोनमाक्यामेरा बम्प्स छल्नका लागि थ्रीडी कर्भ्ड ग्लासको सुरक्षाप्रदानगरिएको छ । त्यसैगरीकुनै सतहमायत्तिकै राख्दाक्यामेरा हल्कामाथि उठाएर जोगाउने सोचका साथफोनको पछिल्तिर एउटा ओ–डट सेरामिक प्वाइन्टपनि दिइएको छ । फोनमा अल्ट्रासोनिक ईन–डिस्प्ले फिङगरप्रिन्ट सेन्सर र सार्क फिन साइड स्विङ क्यामेरा डिजाइनको प्रयोग गरिएको छ । ६.६ ईञ्च पानोरामिक एमोलेड डिस्प्ले सहितको ओपो रेनो १०एक्स जुम ईडिसनलाई शक्तिप्रदानगर्न ८ जीबी ¥यामअप्सनका साथओक्टा–कोर स्न्यापड्रागन ८५५ एसओसीको प्रयोग गरिएको छ ।
अप्टिक्सको कुरा गर्दा ओपो रेनो १०एक्स जुम ईडिसनमा एफ÷१.७ लेन्स र लेजर अटोफोकस सहितको ४८ एमपी सोनीआइएमएक्स५८६ (०.५ ईञ्च) सेन्सर ट्रिपल रियर क्यामेरा सेटअप उपलब्धगरिएको छ । क्यामेरा सेटअपमा पेरिस्कोप टेलिफोटो लेन्स सहितको १३ एमपी सेकेन्डरी सेन्सर र सुपर वाइड एंगल लेन्स सहितको ८ एमपी टर्सिएरी सेन्सरपनिउपलब्ध छ । एमडब्ल्यूसी २०१९ फेबु्रअरीमाप्रदर्शित गरिए झैँ १०एक्स लसलेस अप्टिकल  जुम सुचारुकालागिओपो रेनो १०एक्स जुम ईडिसनमा १६–१६०एमएमफोकल लेन्थ कभरेजउपलब्धगरिएको छ । तस्विरमाअझ सटिकता र गुणस्तर प्रदानगर्न यसमा डुअल ओआईएस सपोर्टपनिदिइएको छ । साथै, यस ह्याण्डसेटले न्वाइज रिडक्सन, एचडीआर सपोर्ट र एआईमाआधारित अल्ट्रा नाइटमोड २.० र पोट्रेट मोडपनि सपोर्ट गर्छ ।
स्टिल शट्सका साथै ओपो रेनो १०एक्स जुम ईडिसनमा भिडियो रेकर्डिङ केन्द्रितविभिन्नफिचर्सपनिदिइएका छन् । यो फोनले ओआईएस सपोर्टका साथफोरके ६०एफपीएस भिडियो सपोर्ट गर्छ । साथै यसमा रहेको ३ माइक्रोफोन सेटअपका माध्यमबाट यसले अडियो जुम रेकर्डिङ र थ्रीडी सराउण्ड अडियो क्याप्चरिङमापनि तेवा पु¥याउँछ ।
सेल्फीकालागियसमामात्र ०.८ सेकेण्डमा खुल्ने साइड स्विङ सेल्फीक्यामेरा मोड्युलको ब्यवस्थागरिएको छ । कम्पनीकाअनुसार उक्तमोड्यूल २ लाख पटक खोल्न र बन्दहुने कार्यका लागि परिक्षण गरिएको छ । फोनमापोट्र्रेटका लागि ५ भिन्नमोड्सको ब्यवस्थागरिएको छ ।
ओपो रेनो १०एक्स जुम ईडिसनमा २ सय ५६ जीबी ईनब्यूल्ट स्टोरेज अप्सनदिइएको  छ । कनेक्टिविटीका लागिफोनमाफोरजी एलटीई, वाईफाई, ब्लयूटूथ, डुअल जीपीएस, एनएफसी र यूएसबी टाइप–सी पोर्टको ब्यवस्थापनि रहेको छ । साथै फोनमाभोक ३.० सपोर्ट सहितको ४ हजार ६५ एमएएचक्षमताको ब्याट्री जडान गरिएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको