Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकाको टेक्सासमा विमान दुर्घटना : सबै यात्रुको मृत्यु

रबिन दङगाल

सोमबार, १६ असार २०७६, १३ : ३७ मा प्रकाशित

अमेरिकाको टेक्सासमा विमान दुर्घटना : सबै यात्रुको  मृत्यु

अर्थ संसार , ह्युस्टन– अमेरिकाको टेक्सास राज्यको डल्लासनजिकै आइतबार बिहान सबेरै एक सानो विमान दुर्घटना हुँदा कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ । 
डल्लासको मुख्य शहरबाट २५ किलोमिटर उत्तरमा रहेको विमानस्थलमा सो दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । 
स्थानीय समयानुसार आइतबार बिहान ९ः१० मा भएको यस दुर्घटनामा विमानमा सवार रहेका सबै व्यक्तिको मृत्यु भएको बताइएको छ । अधिकारीहरुले मारिएका व्यक्तिहरुको परिचयलगायत विस्तृत विवरण भने दिएको छैनन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको