Like us!
Follow us!
Connect us!
Watch us!

१२ विप्लब कार्यकर्ता पक्राउ : ५ प्रहरी हिरासतमा, एक जिल्ला कारागार र बाँकी छजना अदालतको आदेशमा रिहा

रबिन दङगाल

सोमबार, १६ असार २०७६, १४ : २८ मा प्रकाशित

१२ विप्लब कार्यकर्ता पक्राउ : ५  प्रहरी हिरासतमा, एक जिल्ला कारागार र बाँकी छजना अदालतको आदेशमा रिहा

अर्थ संसार , तनहुँ- छ महीनाको अवधिमा तनहुँ जिल्लामा नेत्रविक्रम चन्द समूहका १२ कार्यकर्ता पक्राउ परेका छन् । सन् २०१९ को जनवरीदेखि छ महीनाको अवधिमा उक्त समूहका १२ कार्यकर्ता पक्राउ परेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ ।

पक्राउ परेकामध्ये पाँच प्रहरी हिरासतमा र एक जिल्ला कारागारमा थुनामा छन् । बाँकी छजना भने अदालतको आदेशमा रिहा भएका छन् । सरकारद्वारा प्रतिबन्धित सो समूहले हिंसात्मक गतिविधि गरेका कारण उनीहरुलाई कानूनबमोजिम पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको