Like us!
Follow us!
Connect us!
Watch us!

अफ्रिकी परियोजनाका लागि तीन अर्ब २० करोड डलर ऋण स्वीकृत

रबिन दङगाल

मंगलबार, १७ असार २०७६, १४ : २१ मा प्रकाशित

अफ्रिकी परियोजनाका लागि तीन अर्ब २० करोड डलर ऋण स्वीकृत

अर्थ संसार, बेइजिङ, १७ असार (रासस-सिन्ह्वा) – चिनियाँ विकास बैंक (सीडीबी) ले अफ्रिकाका ४० वटा वित्तीय संस्थाहरुलाई तीन अर्ब २० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउन सहमत भएको छ ।

सीडीबीसँग चीन–अफ्रिका अन्तर बैंक संघ (काइबा)सँग आबद्ध १० वटा सदस्य बैंक रहेका छन् । यी बैंक मार्फत अफ्रिकामा पूर्वाधार, साना तथा मझौला उद्यम र अन्य क्षेत्रका १६ वटा परियोजनाका लागि एक अर्ब ८० करोड डलरका कार्यक्रम स्वीकृत गरिएको छ ।

सीडीबीको अग्रसरतामा सन् २०१८ को सेप्टेम्बरमा काइबा स्थापना गरिएको थियो । काइबामा सीडीबी र १६ वटा अफ्रिकी वित्तीय संस्थाहरु सदस्य रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको