Like us!
Follow us!
Connect us!
Watch us!

असारे झरी जस्तै असारे एजीएम :आधा दर्जन बढी कम्पनीका के छन् त प्रस्ताव ?

मिलन खड्का

बुधबार, १८ असार २०७६, ०९ : ३२ मा प्रकाशित

असारे झरी जस्तै असारे एजीएम :आधा दर्जन बढी कम्पनीका के छन् त प्रस्ताव ?

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुलाई असार लागेसँगै साधारण सभा सम्पन्न गर्न भ्याईनभ्याई छ ।  कम्पनीले गत वर्षको खुद मुनाफाबाट लाभांश प्रस्ताव सहित आफ्नो प्रमुख एजेण्डाहरु पारित गर्न साधारणसभा डाकेका हुन् । असार महिनामा साधारणसभा आह्वान गर्न मिति तोकीएका आधा दर्जन भन्दा बढी कम्पनीमध्ये अधिकांश बैंक, इन्स्योरेन्स र अन्य कम्पनीहरू रहेका छन् ।

यी हुन् असारमा साधारणसभा हुने कम्पनीहरु  :

साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड

यस बैंकको दोस्रो वार्षिक साधारणसभा असार २७ गते हुने भएको छ । एसिय नभिलेज रिर्साेट, बुटवलमा हुने साधारणसभामा पूर्णिमा विकास बैक र भार्गव विकास बैंकलाई प्राप्त गर्ने, ४ः१ हकप्रद शेयर निश्कासन  लगायतका प्रस्तावहरु पारित गर्नेछ । असार १९ गतेदेखि असार २७ गतेसम्म बुक क्लोजको मिति तोकेको छ । एनआइबिएल एस क्यापिटल  लिमिटेड शेयर रजिष्ट्रार रहेको छ ।

 भार्गव विकास बैंक

भार्गव विकास बैंक लिमिटेडको विशेष साधारणसभा असार २७ गते हुने भएको छ । होटल सिद्धार्थ भ्यु, नेपालगञ्ज हुने साधारणसभाले साइन रेसुङ्गा डेभलपमेन्ट बैंकलाई प्राप्त गर्ने लगायतको एजेण्डा पारित गर्नेछ ।

पूर्णिमा विकास बैंक

यस बैंकको विशेष साधारणसभा २७ गते होटल पौवा, सिद्धार्थनगरमा हुने भएको  छ । विशेष साधारणसभाले साइन रेसुङ्गा डेभलपमेन्ट बैंकलाई प्राप्त गर्ने लगायतको एजेण्डा पारित गर्नेछ ।

अजोड इन्स्योरेन्स लिमिटेड

यस इन्स्योरेन्स लिमिटेडको प्रथम साधारणसभामा वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा असार ३० गते हुने भएको छ । साधारणसभाले नियमावली संशोधन, सञ्चालक नियुक्ति लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड

यस कम्पनीले  असार ३१ गते आफ्नो २५ औं साधारणसभा नक्साल व्यांक्वेट, नक्सालमा हुने भएको छ । साधारणसभाले ४८ प्रतिशत बोनस शेयर, मर्जरमा जाने लगायतको प्रस्तावहरु पारित गर्नेछ ।

जनउत्थान सामुदायिक लद्युवित्त

यस लद्युवित्त वित्तीय संस्थाको ८ औं वार्षिक साधारणसभा होटेल न्यू इरा, कालिकापथ, रुपन्देही असार ३० गते हुने भएको छ । साधारणसभाले २० प्रतिशत बोनस शेयर, १.०५ प्रतिशत नगद लाभांश, १ः२ हकप्रद शेयर जारी गर्ने लगायतको प्रस्ताव पारित गर्नेछ ।

प्रोग्रेसिभ फाइनान्स लिमिटेड

यस फाइनान्स लिमिटेडको २१ र २२ औं वार्षिक साधारणसभा ज्यापू प्रज्ञा भवन, ललितपुरमा असार २९ गते हुने भएको छ । वार्षिक साधारणसभामा मर्जर, सञ्चालक समितिको निर्वाचन लगायतको प्रस्तावहरु पारित गर्नेछ ।  

वल्र्ड मर्चेन्ट बैंकिङ

वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले असार २१ गते १६औँ र १७औँ बार्षिक साधारणसभा गर्ने भएको छ । सभा मोटेल एभोकाडो , हेटौडा, मकवानपुरमा विहान ११ बजे गर्ने निर्णय गरेको छ । सभामा आव २०७३/७४ र २०७४/७५ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गर्ने भएको छ ।

प्रभु लाइफ इन्स्योरेन्स

प्रभु लाइफ इन्स्योरेन्सको एजीएम असार २६ गते हुने भएको छ । कम्पनीले सभामा २०७४–७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, नाफा नोक्सानको हिसाब गरी पारित गर्नेछ । सभा होटल याक एण्ड यति, दरबारमार्ग, काठमाडौंमा दिउसो ३ बजेबाट सुरु हुनेछ ।

कर्पोरेट डेभलपमेन्ट बैंक

कर्पोरेट डेभलपमेन्ट बैंकले असारको अन्तिम साता साधारणसभा आह्वान गरेको छ। सभा यही असार २७ गते बैंकको शाखा कार्यालय, घण्टाघर, वीरगञ्ज, पर्सामा बिहान ७ः१५ बजेबाट शुरु हुनेछ ।
सभामा २०७४र७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, नाफा नोक्सानको हिसाब गरी पारित गर्ने लगायतका एजेन्डा रहेका छन्

राधी विद्युत कम्पनी

राधी विद्युत कम्पनीले अगामी असार २९ गते साधारण सभा गर्ने भएको छ। सभा अमृतभोग क्याटरिङ्ग कालिकास्थानमा बिहान ११ बजेदेखि सुरु हुनेछ।सभाले सञ्चालक समितिको बैंठकले प्रस्ताव गरेको चुक्ता पूँजीको ५ प्रतिशत बोनस र कर सहित ५ प्रतिशत नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश प्रस्ताव अनुमोदन गर्नेछ।

आईएमई जनरल इन्स्योरेन्स

आईएमई जनरल इन्स्योरेन्सले असार २९ गते साधारणसभा गर्ने भएकोे छ । सभा लैनचौर ब्याङ्क्वेट्स, लैनचौर, काठमाडौँमा विहान ११ बजे गर्ने निर्णय गरेको छ ।  सभामा ५ प्रतिशत बोनश शेयर वितरणका अतिरिक्त एक जना रिक्त सञ्चालकको निर्वाचन हुने एजेन्डा समेत तय गरिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको