Like us!
Follow us!
Connect us!
Watch us!

नाइजेरियाको इन्धन गाडी विस्फोट हुँदा कम्तीमा ४५ जनाको मृत्यु

मिलन खड्का

बुधबार, १८ असार २०७६, ०८ : ५१ मा प्रकाशित

नाइजेरियाको इन्धन गाडी विस्फोट हुँदा कम्तीमा ४५ जनाको मृत्यु

अर्थ संसार,अहुम्बे-नाइजेरियाको मध्य क्षेत्रमा इन्धन लिएर गुडिरहेको पेट्रोल गाडी दुर्घटनापछि भएको विस्फोटमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको नाइजेरियाको आपतकालीन सेवा कार्यालयले मङ्गलबार जनाएको छ ।

पेट्रोल गाडी सडकमा ढलेपछि यसबाट चुहेको इन्धनलाई जम्मा गर्न सडकमा भेला भएका नागरिकहरूको दुर्घटनामा मृत्यु भएको बताइएको छ । 

ट्रक बेनु राज्यको ओहुम्बे गाउँमा दुर्घटनाग्रस्त भएको थियो । 

सडक सुरक्षामामिला हेर्ने संघीय आयोगका कमान्डर अलियुबाबाले घटनाको पुष्टि गर्दै भन्नुभयो, “हामीले ४५ मृत शरीरलाई घटनास्थलबाट निकालेका छौँ भने कम्तीमा १०० घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । अधिकांशको शरीरका भागहरू जलेका र मृतकको सङ्ख्या बढ्नसक्ने अस्पताल स्रोतलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।” मृतकमध्ये एक गर्भवती महिला र कम्तीमा दुईजना साना केटाकेटीहरू रहेका छन् ।

अधिकारीका अनुसार घटनास्थल नजिकैबाट एउटा बस पास हुने क्रममा बसको इन्जिनबाट निस्केको आगोका झिल्काका कारण आगलागी भएको पनि बताइएको छ । घटनामा एउटा सडक छेउमा रहेको घर पनि जलेको थियो ।( रासस/एएफपी)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको