Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धुलीमा पहिलो पटक लिटिल प्रिन्स एण्ड प्रिन्सेस् [फोटो फिचर]

आइतबार, २३ माघ २०७३, १८ : ३० मा प्रकाशित

सिन्धुलीमा पहिलो पटक लिटिल प्रिन्स एण्ड प्रिन्सेस् [फोटो फिचर]

अर्थ संसार

काठमाडौं–सिन्धुलीमा पहिलोपल्ट लिटिल प्रिन्स एण्ड प्रिन्सेस् प्रतिस्पर्धा भएको छ । वालवालिकामा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउन ग्ल्यामरस नेपालले सिनियर गर्लस, सिनियर ब्वाइज, जुनियर गर्लस र जुनियर ब्वाइज गरी ४ फरक प्रतिस्पर्धा गराएको थियो ।

 प्रतिस्पर्धामा सिनियर गर्लतर्फ ओस्तिका कार्कीले टाइटल जितेकी छन् । यस्तै एलिसा थापा फष्ट रनरअप, रोसना ढकाल सेकेन्ड रनरअप र मनिता श्रेष्ठ थर्ड रनरअप भए । सिनियर ब्वाईजतर्फ शैलेस श्रेष्ठ विजेता भए । यस्तै साहिल खड्का फष्ट रनरअप, सुयोग कोइराला सेकेन्ड रनरअप र नविन सुनुवार थर्ड रनरअप भए ।

 जुनियर गर्लतर्फ कन्चन ठकुरीले टाइटल जितिन् । यस्तै गरिमा बुर्जा फष्र्ट रनरअप पेमा लामा सेकेन्ड रनरअप र आशिका खड्का थर्ड रनरअप भए । जुनियर ब्वाईजतर्फ संगम श्रेष्ठले अवार्ड तिजे । त्यसपछि जेनिस योञ्जन फष्ट रनरअप, अंकित विक सेकेन्ड रनरअप र आदित्य चौधरी थर्ड रनरअप भए ।

प्रतिस्पर्धीलाई एक महिना वन्द प्रशिक्षण दिइएको आयोजक ग्ल्यामर नेपालका प्रबन्ध निर्देशक अशिम ज्वयल श्रेष्ठले जानकारी दिए । उक्त प्रतिष्प्रर्धामा निर्णायकको भूमिका पत्रकार महासंघ सिन्धुली शाका पूर्वअध्यक्ष लीलानाथ घिमिरे, वरिष्ठ कलाकार तथा निर्माता पुकार भट्टराई, चर्चित मोडल प्रनिसा उदास र वरिष्ठ दृष्य सम्पादक रविन भट्टले गरेका थिए ।

ग्ल्यामरस नेपालकी सञ्चालिका कविता ज्वयल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन मोडल मन्जिला समाल र बरिष्ठ कोरियो ग्राफर लक्ष्मण ज्वयल श्रेष्ठले गरेका थिए ।कार्यक्रममा चर्चित गायक श्रीकृष्ण लुईंटेलले आफ्ना ब्यंग्यात्मक गीत गाएर दर्शकलाई नचाएका थिए ।

थप फोटो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको