Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार रातीबाट शुरु भएको झडप मङ्गलबार बिहानसम्म : ६ सुरक्षा आधिकारी र ३५ लडाकू मारिए

रबिन दङगाल

बुधबार, १८ असार २०७६, १३ : ०१ मा प्रकाशित

सोमबार रातीबाट शुरु भएको  झडप मङ्गलबार बिहानसम्म  : ६  सुरक्षा आधिकारी र ३५ लडाकू मारिए

अर्थ संसार,काबुल- अफगानिस्तानको मध्य भागमा पर्ने प्रान्त दैकुन्दीको काजरन जिल्लामा भएको एक झडपमा परी छ सुरक्षा अधिकारी र ३५ जना तालिबान लडाकूको मृत्यु भएको प्रन्त्तीय गभर्नर अह्ला रहमातीले बुधबार बताएका  छन्  ।

तालिबान लडाकू समूहले प्रहरी जाँचचौकीमा आक्रमण गरेपछि सो झडप शुरु भएको रहमातीले जानकारी दिएका  छन्  । 

सोमबार रातीबाट शुरु भएको यो झडप मङ्गलबार बिहानसम्म जारी रहेको थियो ।  सुरक्षा अधिकारीहरुले गरेको जवाफी कारबाहीको क्रममा ३५ लडाकू  मारिनुको साथै अन्य दर्जनौ घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

यस झडपको क्रममा एक सैनिक अधिकारीसहित छ सुरक्षा अधिकारीले ज्यान गुमाएका सरकारी अधिकारीले जानकारी दिएका छन् ।

अफगानिस्तानमा सरकारसँग युद्धरत तालिबान लडाकू समूहले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको