Like us!
Follow us!
Connect us!
Watch us!

कुलेखानी तेस्रो जलविद्युत् निर्माण

रबिन दङगाल

बुधबार, १८ असार २०७६, १५ : २२ मा प्रकाशित

कुलेखानी तेस्रो जलविद्युत् निर्माण

हेटौँडा- उत्तरी मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा रु चार करोड ५० लाखको लागतमा निर्माण गरिएको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आगामी साउन पहिलो हप्तादेखि  विद्युत् उत्पादन गर्ने भएको छ । 

विद्युत्गृहमा बाँकी उपकरण र तार जडान गरिएपछि छिट्टै विद्युत् उत्पादन गरी मुख्य प्रसारण लाइनमा जोड्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।  कुलेखानी दास्रो आयोजनाबाट निस्किएको पानीलाई चार किलोमिटर सुरुङ मार्गबाट ल्याई सफलतापूर्वक विद्युत्गृहमा राखी परीक्षण उत्पादन गरिएको आयोजनाले जनाएको छ । चौध  मेगावट क्षमताको सो आयोजना नेपाल विद्युत् प्राधिकरणको रु चार अर्ब ५० करोडको लागतमा निर्माण गरिएको हो । चिनियाँ प्राविधिक टोलीले यही असार महीनाभित्र विद्युत्गृहको बाँकी काम केही दिनभित्र सक्ने र नियमित विद्युत् उत्पादन हुने आयोजनाका प्रमुख सुवास मिश्रले जानकारी दिए ।

तोकिएको समयभन्दा ढिला हुनाको मुख्य कारण ठेकेदार कम्पनी जिम्मेवार रहेको बताउँदै उनले यसलाई पूरा गर्न धेरै मेहनत गर्नुपरेको जानकारी दिए । विद्युत्गृह नियमित सञ्चालनमा आउने भएपछि स्थानीयवासी पनि खुशी भएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको