Like us!
Follow us!
Connect us!
Watch us!

नौमहिने शिशुको बलात्कार आरोपमा बालक पक्राउ

रबिन दङगाल

विहीबार, १९ असार २०७६, १२ : २६ मा प्रकाशित

नौमहिने शिशुको बलात्कार आरोपमा बालक पक्राउ

अर्थ संसार, लहान- नौमहिने शिशुलाई बलात्कार गरेको आरोपमा सिरहा प्रहरीले १४ वर्षीय बालकलाई पक्राउ गरेको छ । सिरहाको लहान नगरपालिका–२४ गोविन्दपुरमा अबोध शिशुलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी १४ वर्षीय बालकलाई पक्राउ गरेको जनाएको हो ।

बालिकालाई घरमा एक्लै छाडेर आमा खेतमा काम गर्ने घरका सदस्यलाई खाजा पुर्याउन गएको बेला बालकले अबोध बालिकामाथि यस्तो घटना घटाएको  भन्दै बालिकाकी आमाले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ । स्थानीयवासीले समेत सूचना दिएका आधारमा बालकलाई प्रहरीले पक्राउ गरेको छ । शिशुको यौनीबाट रक्तस्राव भएपछि स्वास्थ्य परीक्षणका लागि बाहिर पठाएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको