Like us!
Follow us!
Connect us!
Watch us!

दुर्गम भेगका ४२ परिवारलाई निशुल्क सोलार

रबिन दङगाल

विहीबार, १९ असार २०७६, १५ : ०१ मा प्रकाशित

दुर्गम भेगका ४२ परिवारलाई निशुल्क सोलार

अर्थ संसार, खाँदबारी- संखुवासभाको सभापोखरी गाउँपालिकाले दुर्गम भेगका ४२ परिवारलाई निःशुल्क सोलार सेट वितरण गरेको छ । गाँउपालिकाको ६ वटै वडाका ती परिवारलाई सोलार वितरण गरिएको हो । वर्षौदेखि अँध्यारोमा रात बिताउँदै आएका दुर्गम गाउँ पाँचतला, टुम्सीकुर, आपुङ, सिदेक्पा, इथुक्बु लगायत दुर्गम भेगका ४२ परिवारलाई निशुल्क सोलार सेट वितरण गरिएको ६ नम्बर वडाका वडाअध्यक्ष विकास पौडेलले जानकारी दिए । 


निःशुल्क सोलार सेट पाएका दुर्गम गाउँका बासिन्दा खुशी भएका छन् । वर्षौदेखि अँध्यारोमा रात बिताउँदै आएका वडा नम्बर ६ का सरला तामाङले पहिलो पल्ट घर नै झिलिमिली हुदाँ निकै खुशी लागेको बताए । टुकीको भरमा गुजरा चलाउँदै आएका तामाङले सोलार सेट पाएपछि रातको समयमा घरायसी कामकाज गर्न र केटाकेटीलाई पढ्न सहयोग पुगेको बताए। 


सभापोखरी गाउँपालिकामा सभाखोला लघुजल विद्युत्तको २७ किलोवाट र चिन्ठे खोलाको १५ किलोवाट भए पनि ग्रामीण भेगसम्म विस्तार हुन सकेको छैन । गाउँपालिकाले प्रति परिवार रु ११ हजार बरावरको सोलार सेट वितरण गरेको हो । विद्युत्त नपुगेका ४२ परिवारलाई कुल रु ४ लाख ७३ हजारको सोलार सेट वितरण गरेको सभापोखरी गाउँपालिका कार्यालयले जनाएको छ । 
  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको