Like us!
Follow us!
Connect us!
Watch us!

लिबियामा हवाई आतंक : ४३ जना सहित् एक नेपालीको ज्यान गयो

रबिन दङगाल

शुक्रबार, २० असार २०७६, ११ : ४८ मा प्रकाशित

लिबियामा हवाई आतंक : ४३ जना सहित् एक नेपालीको ज्यान गयो

अर्थ संसार, लिबिया -लिबियाको राजधानी त्रिपोलीनजिकै एउटा थुनुवा केन्द्रमा  हवाई आतंक हुदा ४४  जना आप्रवासीको ज्यान गएको थियो। सोहि आतंकमा एक नेपालीको पनि ज्यान गएको छ। 

घटनामा एक सय ३० जनाभन्दा बढी घाइते भएका छन्। अन्तर्राष्ट्रिय समुदायको मान्यता पाएको लिबियाली सरकारले हवाई हमलाका लागि जनरल खलिफा हफ्तारप्रति बफादार फौजहरू जिम्मेवार रहेको आरोप लगाएको छ।

तीन महिनाअघि जनरल हफ्तारका फौजले त्रिपोलीमा आक्रमण सुरु गरेका थिए।

थुनुवा केन्द्रलाई सरकारी पक्षबाट घेरा हालिएको जनरल हफ्तारका फौजले आरोप लगाएका छन्।

हमलामा मारिनेमध्ये अधिकांश अफ्रिकी आप्रवासी छन्। उनीहरू लिबियाबाट समुद्री मार्ग हुँदै युरोप जान चाहन्थे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको