Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंक र ग्लोबल बैंकको माया पिरती अब आधिकारिक: बैंक मर्जको प्रारम्भिक समझदारीमा हस्ताक्षर

मिलन खड्का

शुक्रबार, २० असार २०७६, १४ : ५१ मा प्रकाशित

जनता बैंक र ग्लोबल बैंकको माया पिरती अब आधिकारिक: बैंक मर्जको प्रारम्भिक समझदारीमा हस्ताक्षर

अर्थ संसार, काठमाडौं–राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले मौद्रिक नीतिअघि जोडी खोजिसक्न सबै बैंकलाई दिएको निर्देशन अनुसार ग्लोबल आइएमई र जनता बैंक नेपालबीच मर्ज गर्ने सहमति बनेको छ  ।

शुक्रबार विहान साङ्ग्रिला होटलमा  ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष  केशबबहादुर रायमाझीले मर्जरका लागि सहमतीपत्रमा हस्ताक्षर गरेका छन् ।

मर्जपछि बैंकको नाम ग्लोवल आईएमई बैंक हुने र अध्यक्षमा चन्द्रप्रसाद ढकाल नै रहने सहमती बनेको छ  । हाल जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री हुने र बरिष्ठ डेपुटी सिइओमा ग्लोबल आइएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल रहने सहमती भएको छ ।

त्यस्तै, सञ्चालक समितिमा जनता बैंकबाट दुई जनाले प्रतिनिधित्व गर्नेछन् । मर्जको क्रममा शेयर स्वाप रेसियो ग्लोवल आईएमई बैंकको १०० र जनता बैंकको ८५ रुपैयाँ गर्ने समझदारी भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको