Like us!
Follow us!
Connect us!
Watch us!

भर्ने होइन त आँधिखोला लघुवित्तको आईपीओ ? आजबाट खुल्ला,कति गर्ने त लगानी ?

मिलन खड्का

आइतबार, २२ असार २०७६, ०७ : ५४ मा प्रकाशित

भर्ने होइन त आँधिखोला लघुवित्तको आईपीओ ? आजबाट खुल्ला,कति गर्ने त लगानी ?

अर्थ संसार, काठमाडौं–आँधिखोला लघुवित्त वित्तीय संस्थाले ४ लाख कित्ता शेयर विक्री आज असार २२ गतेबाट  खुल्ला गर्ने भएको छ।

सर्वसाधारणको लागि ३ लाख ७५ हजार, कर्मचारीका लागि ५ हजार र म्युचुअल फन्डको लागि २० हजार कित्ता प्राथमिक शेयर  बिक्री खुला गर्न लागेको हो ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम दुई हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने संस्थाले जनाएको छ । संस्थाले पहिलो चरणका लागि असार २५ गतेसम्म र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा साउन २० गतेसम्म आवदेन खुला गर्ने जनाएको छ ।

आँधिखोला लघुवित्त वित्तीय संस्थालाई  इक्राले औसत आधारहरु जनाउने[ICRANP] IPO Grade 4 प्रदान गरेको थियो । ICRA Nepal ले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ । जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ ।

ग्रेड २, ३ र ४ मा प्रयोग गरिने (plus) चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाइ जनाउँदछ ।
कम्पनीको आधारहरु सम्बन्धी राय ब्यक्त गरीएका IPO Grade ले कुनै धितोपत्र खरिद, बिक्री तथा स्वामित्वमा राख्न सिफारिस गरेको जनाउदैन । साथै यो कुनै मूल्य निर्धारण वा सूचीकृत मूल्य बारेको टिप्पणी पनि होइन ।

कहाँबाट आवेदन दिने ?
 यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ ।

कति दिने आवेदन ?
पुँजी बजारमा लद्युवित्त वित्तीय संस्थाको  आइपीओमा लगानीकर्ता झुमिएको देखिन्छ । कम कित्ता र लगानीकर्ताको आवेदन बढी पर्ने भएकाले न्यूनमत कित्ता मात्रै आवेदन दिए हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको