Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पुरा,कसको जित्ला उपाधि?

मिलन खड्का

आइतबार, २२ असार २०७६, १० : १८ मा प्रकाशित

विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पुरा,कसको जित्ला उपाधि?

अर्थ संसार, काठमाडौं–जारी विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पुरा भएको छ । गएराति भएको भारत र श्रीलङका र अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको अन्तिम लिग खेल समप्ति सँगै विश्वाकप सेमिफाइनल समीकरण पुरा भएको छ ।

हिजो सम्पन्न पहिलो खेलमा श्रीलंका विरुद्धको खेलमा भारत ७ विकेटले विजयी भएको छ । शनिबार राति लीड्समा भएको खेलमा रोहित शर्मा र केएल राहुलले शानदार शतक बनाएपछि भारत ७ विकेटले विजयी भएको हो । श्रीलंकाले दिएको २६५ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा भारतले ४३.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । भारतको जीतमा रोहित र केएल राहुलले शतक बनाए । रोहितले २ छक्का र १४ चौकाको मद्दतमा ९४ बलमा १०३ रन बनाए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६४ रन बनायो । उसका लागि  एन्जेलो म्याथ्यूजले १० चौका र २ छक्काको मद्दतमा १२८ बलमा ११३ रन बनाए ।

तेस्तै हिजो सम्पन्न अन्तिम खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १० रनले पराजित गरेको छ । ३२६ रनको लक्ष्यका साथ मैदान प्रवेश गरेको अष्ट्रेलिया ४९.५ ओभरमा सबै विकेट गुमाएर ३१५ रन मात्र बनाउन सफल भयो । 

सो सँगै जारी विश्वकपको अंक तालिकामा भारत शीर्ष, अष्ट्रेलिया दोस्रो, इंग्ल्याण्ड तेस्रो र न्युजिल्याण्ड चौंथो स्थानमा रहदै सेमिफाइनलमा पुगेका हुन् । भारतले ९ खेलबाट १५ अंक जोडेको छ तेस्तै अष्ट्रेलियाले १४, इंग्ल्याण्डले १२ र न्युजिल्याण्डले ११ अंक जोड्यो । सेमिफाइनलमा अंक तालिकामा पहिलो हुने र चौथौ हुने र तेस्तै दोस्रो र तेस्रो हुने बीच सेमिफाइनल खेलिने छ । अंक तालिका अनुसार अब पहिलो सेमिफाइनल भारत र न्युजिल्याण्डबीच मंगलबार हुनेछ । तेस्तै दोस्रो सेमिफाइनल अष्ट्रेलिया र इंग्ल्याण्डबीच बिहीबार हुनेछ । दुई सेमिफाइनल विजेता टोलीले अर्को आइतबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको