Like us!
Follow us!
Connect us!
Watch us!

गुणस्तरहीन काम गर्नेलाई कारवाही हुन्छ—मन्त्री राई

रबिन दङगाल

आइतबार, २२ असार २०७६, १२ : ०३ मा प्रकाशित

गुणस्तरहीन काम गर्नेलाई कारवाही हुन्छ—मन्त्री राई

अर्थ संसार, नेपालगञ्ज- शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पूर्वाधार संरचना निर्माणमा गुणस्तरहीन काम गर्ने जो कोहीलाई पनि कारवाही गरिने बताएका छन् । 

शहरी विकास तथा भवन निर्माण कार्यालयले आज नेपालगञ्जमा आयोजना गरेको अन्तक्र्रियामा उनले भौतिक पूर्वाधार निर्माणका क्रममा वातावरण विनाश हुन नदिन सरकार सचेत छ भने । “नेपालगञ्जमा सडक तथा नाला निर्माणका क्रममा जसबाट गल्ती भएको छ, त्यो सच्याउने जिम्मा पनि उसैले लिनुपर्छ” मन्त्री राईको भनाइ थियोे । 

मन्त्रालयले नेपालगञ्जमा १० हजार रुखका बिरुवा रोप्ने तयारी भइरहेकाले यसका लागि नेपालगञ्ज उपमहानगरपालिकासँग सहकार्य गरिने छ,उनले भने । 

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि, पत्रकार, राजनीतिक दलका पदाधिकारी, निर्माण व्यवसायी तथा सरोकारवाला पक्षको सहभागिता थियो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको