Like us!
Follow us!
Connect us!
Watch us!

कहिले ल्याउन पाउँछन् विद्युत कम्पनीले हकप्रद र एफपिओ ?

सोमबार, १७ असोज २०७३, १४ : ३२ मा प्रकाशित

कहिले ल्याउन पाउँछन् विद्युत कम्पनीले हकप्रद र एफपिओ ?


अर्थ संसार
काठमाडौं– जलविद्युत कम्पनीहरुरुलाई नियमनकारी निकाय नभएको भन्दै नेपाल धितोपत्र बोर्डले हकप्रद र (फर्दर पब्लिक अफरिङ) एफपीओ जारी गर्न रोक लगाएपछि अन्यौल भएको छ । हकप्रद सेयर ल्याउने घोषणा गरेका केही कम्पनी कहिले अनुमति पाइएला भनेर बसेका छन् ।

बोर्डका अनुसार सेयर बजारमा सुचिकृत जलविद्युत, होटललगायतका कम्पनीको हकप्रद सेयर तथा एफपिओ जारी गर्न मापदण्ड बनाउने तयारी भइरहेको छ । प्रत्यक्ष नियमनकारी निकाय नभएका क्षेत्रका कम्पनीले जारी गर्ने निश्कासन पारदर्शी र व्यवस्थित बनाउन कार्यविधि बनाएपछि तिनलाई अनुमति दिइने बोर्डले जनाएको छ ।

बोर्डले धितोपत्र बजारमा सुचिकृत कम्पनीमध्ये बैंक वित्तीय संस्था वा बीमा कम्पनी बाहेकका अन्य कम्पनीको प्रत्यक्ष नियमनकारी निकाय नभएकाले ती कम्पनीलाई हकप्रद र एफपिओ निष्काशन गर्न एक महिनाअघि रोक लगाएको थियो ।

अहिले हकप्रद र एफपिओको लागि आवश्यक मापदण्ड सरोकारवाला निकायसँग छलफल भइरहेको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । ‘उनीहरुको सुझावका आधारमा कार्यविधि जारी गर्ने हाम्रो योजना छ,’ उनले भने ।  

पुँजी वृद्धिका लागि हकप्रद तथा एफपिओ निश्कासनका लागि अनुमति माग्दै आधा दर्जन कम्पनीले बोर्डमा आवेदन दिएका छन् । यसबारे लामो समयदेखि निर्णय हुन नसक्दा लगानीकर्तालाई भने अप्ठ्यारो परेको छ ।

बोर्डले एफपिओ र हकप्रद शेयर निष्काशन कार्यलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन नीतिगत व्यवस्था गर्न आवश्यक देखिएकाले केही समयलाई स्थगित गरिएको जनाएको छ । बोर्डले नियमनकारी निकाय नभएका जलविद्युत, होटल, उत्पादन तथा प्रशोधन लगायतका सूचिकृत कम्पनीहरुको एफपिओ वा हकप्रद निष्काशनका लागि स्पष्ट नीतिगत व्यवस्था आवश्यक रहेको उल्लेख गरेको छ । 

धितोपत्र बोर्डका अनुसार अपी पावर कम्पनीले १ बराबर २ कित्ताका दरले हकप्रद सेयर जारी गर्न निवेदन दिएको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको