Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सले पहिलो बार्षिकोत्सव धुमधामसँग मनाउँदै

अर्थ संसार

आइतबार, २२ असार २०७६, १७ : १३ मा प्रकाशित

अजोड इन्स्योरेन्सले पहिलो बार्षिकोत्सव धुमधामसँग मनाउँदै

अर्थ संसार, काठमाडौं– निर्जीवन बीमाको क्षेत्रमा उदयमान बीमा कम्पनीअजोड इन्स्योरेन्स लिमिटेडले  आफ्ना स्थापनको प्रथम बर्षको अवसरमा बिबिधि कार्यक्रमहरु गर्दै पहिलो बार्षिकोत्सब मनाइरहेको छ । यसै अवसर पारेर कम्पनीले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गर्यो,जसमा कम्पनीका प्रमुखकार्यकारी अधिकृत सहित ५९ जनाको सहभागीता रहेका थियो ।

यस कम्पनीले बीमाका बिबिध फाइदाहरुबारे आमजनता माझपुर्याउन हेतुले चेतनामुलक सन्देश भएको पेले कार्डव्यानर सहितप्रभात फेरी नगरको मुख्य स्थानहरु सुन्धारा देखि रत्नपार्क, भृकुटी मण्डकप, भद«काली, सहिदगेट हुदै उक्त सिटिसि मल स्थित संस्थाको प्रधानकार्यलय पुगेको थियो ।  

प्रधान कार्यालयमा आयोजित कार्यक्रमा  कम्पनीले स्थापनाको छोटो समयमा उल्लेख्य प्रगती गर्न सफल भएकोमा उपस्थीत शेयरधनीले व्यवस्थापनप्रतिकृतज्ञता व्यक्त गरेका थिए ।  त्यसैगरी कम्पनीले संस्थागत उत्तरदायीत्व अन्तर्गत आगामी २३ गते सोमबार नैकाप स्थित एक सरकारी बिध्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको उक्त कम्पनी जनाएको छ ।

प्रधान कार्यालय सहित कम्पनीको हाल ३० वटा शाखा सञ्चालनमा रहेको छ । उक्त शाखा मार्फत कम्पनीले निर्जीवन बीमाका सम्पूर्ण सेवा सुबिधाहरु तथा दावी भुक्तानी प्रदान गरिरहेको छ ।कार्यक्रममा कमपनिले ३६५ दिन नै सेवा दिने, फास्ट ट्रयाकबाट दाबी भूक्तानी दिने, कंपनिको डिजिटल सेवा बिस्तार गर्ने जस्ता बिषयहरुमा जानाकारी दिइएको थियो।

5d21d97088ed5.jpg 5d21d97336e0f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको