Like us!
Follow us!
Connect us!
Watch us!

ग्राबियल जिससलाई रेड कार्ड ,कोपा अमेरिका उपाधि ब्राजिललाई

मिलन खड्का

सोमबार, २३ असार २०७६, ०७ : ५४ मा प्रकाशित

ग्राबियल जिससलाई  रेड कार्ड ,कोपा अमेरिका उपाधि ब्राजिललाई

अर्थ संसार, काठमाडौं–कोपा अमेरिका कप आयोजक तथा  पाँच पटक विश्व कप  चैंपियन ब्राजिलले कोपा अमेरिका कपको उपाधि जित्न सफल भएको छ ।  आइतबार राति ब्राजिलको माराकाना रंगशालामा सम्पन्न खेलमा पेरुलाई ३–१ अन्तरले  पाखा लगाउँदै ब्राजिलले सन् २००७ पछि पहिलो कोपा अमेरिका कपको उपाधि जितेको हो । ब्राजिलले नवौं पटक कोपा अमेरिकाको उपाधि उचाल्न सफल भएको छ । 

ब्राजिलका लागि खेलको १५ औ मिनेटमा  इभर्टनले पहिलो  गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको ४४ औ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै पेरुका लागि जोसे पाओलो गुरेरोले बराबरी गोल फर्काए । 

तर, लगत्तै  तर पहिलो हाफको इन्जुरी समयमा ब्राजिलका लागि ग्राबियल जिससले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।

खेलको ७० औ मिनेटमा दोहोरो पहेलो कार्ड खादै जिससले रातो कार्ड पाए । तर, ब्राजिलका लागि खेलको अन्तिम समयमा पेनाल्टीमार्फत गोल गर्दै रिचर्डलिसनले गोल गरे । 

सन् २०१६ को ओलम्पिक खेलमा स्वर्ण जितेपछि ब्राजिलको यो पहिलो उपाधि हो । 

5d22a9e6ccc8c.jpg 5d22a9e6edb71.jpg 5d22a9e72f201.jpg 5d22a9e733711.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको