Like us!
Follow us!
Connect us!
Watch us!

स्प्रेड दर ३ प्रतिशत बनाउन अध्यक्ष राणाको आग्रह

अर्थ संसार

सोमबार, २३ असार २०७६, १९ : ०८ मा प्रकाशित

स्प्रेड दर ३ प्रतिशत बनाउन अध्यक्ष राणाको आग्रह

अर्थ संसार, काठमाडौं– नीतिको अन्तिम तयारीमा रहेको राष्ट्र बैंकले सोमबार सरोकार भएका सबै पक्षलाई बोलाएर छलफल गरेको छ । छलफलको क्रममा  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले आगामी आवको मौद्रिक नीतिमा बैंकको निक्षेप तथा ऋणमा लिने व्याजदरको अन्तर (स्प्रेड दर) तीन प्रतिशत कायम हुनुपर्छ भन्ने तर्क प्रस्तुत गर्नुभयो ।

बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरको अन्तर हाल चार दशमलव पाँच प्रतिशत हुनुपर्ने व्यवस्था छ । निजी क्षेत्रले यसलाई कम्तीमा तीन प्रतिशतमा झार्न माग गर्दै आएको छ । उहाँले बैंकहरुको आधार दर गणना विधि परिवर्तन गर्न माग गर्नुभयो । उहाँले महासङ्घले यसअघि नै २१ बुँदे लिखित सुझाव केन्द्रीय बैंकलाई दिइसकेको स्पष्ट पार्नुभयो ।

यस्तै छलफलमा निम्त्याएका नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले भने बैंकको दबाबमूलक रुपमा गाभ्नेभन्दा पनि प्रक्रिया मिलाएर, सहुलियत दिएर मर्जरमा जान सुझाउनुभयोे ।

उहाँले भन्नुभयो, “बैंक मर्जरलाई बिहेको रुपमा व्याख्या गरिएको छ । त्यो त विवाहभन्दा पनि बढी जटिल छ । बिहे त दुई शरीर मिलेर एक आत्मा बन्ने विषय हो । मर्जरमा  त आत्मा र शरीर दुवै एक हुने हो । यस्तो संवेदनशील विषयलाई फोर्स गर्नुहुन्न ।” उहाँले बैंकहरु एक आपसमा गाभिँदा कर्मचारी टुहुरा हुने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

उपाध्यक्ष अग्रवालले कर्जाको व्याजदर सातदेखि नौ प्रतिशतमा राख्नुपर्ने र ऋण दिँदा एकाधिकार कायम गरेर बैंकहरु चलिरहेकाले त्यसलाई निमयन गर्नुपर्ने बताउनुभयो । उहाँले पुनःकर्जा कोष रु एक खर्बको बनाउनुपर्ने तथा स्प्रेड दर बढीमा तीन दशमवल पाँच प्रतिशत कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको