मङ्गलबार, ०७ साउन २०७६
घोडीघोडाको IPO भर्नु भयो ? आज अन्तिम मौका तीन दिनमै पर्यो ३८ लाख बढी आवेदन
मङ्गलबार, २४ असार २०७६

अर्थ संसार, काठमाडौं– घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको  निशकासन गरेको साधारण शेयर (आइपिओ) (आज) मंगलबार बैकिङ समयपश्चात बन्द हुने भएको छ । माग भन्दा धेरै गुणा बढी आवेदन परेपछि छिटो समयमै बन्द  हुने भएको हो ।  

विक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार सोमबार बेलुका ५ बजेसम्म २ लाख १६  हजार ९१९जना आवेदकबाट ३८ लाख ४ हजार ८४० कित्ताको लागि आवेदन परेको छ ।

लुद्युवित्तले शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १ लाख ३२ हजार ६०० कित्ता आईपीओ निष्काशन गरेको  हो । कम्पनीको शेयर न्युनतम कित्ता १० देखि अधिकतम १००० कित्तासम्म आवेदन दिन सकिनेछ ।

यसमध्ये शुन्य दशमलव ५५ अर्थात १ हजार ३८० कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात ६ हजार ६३० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी १ लाख २४ हजार ५९० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

घोडीघोडाको आईपीओ निष्काशन बन्द छिटोमा असार २५ गते र ढिलामा साउन १९ गतेसम्म भर्न सकिनेछ । आईपीओ बिक्रीपछि  यस लघुवित्तको चुक्ता पुँजी २ करोड ७६ लाख रुपैयाँ पुगनेछ ।

कहाँबाट आवेदन दिने ?

 यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ ।

कति दिने आवेदन ?

पुँजी बजारमा लद्युवित्त वित्तीय संस्थाको  आइपीओमा लगानीकर्ता झुमिएको देखिन्छ । कम कित्ता र लगानीकर्ताको आवेदन बढी पर्ने भएकाले न्यूनमत कित्ता मात्रै आवेदन दिए हुनेछ ।

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved