Like us!
Follow us!
Connect us!
Watch us!

वैशाख पछी झन्डै पाँच हजार बद्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

मिलन खड्का

मंगलबार, २४ असार २०७६, १० : ५९ मा प्रकाशित

वैशाख पछी झन्डै पाँच हजार बद्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार, काठमाडौं– साताको  तेस्रो दिन आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो   सोमबार ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मुल्यमा कारोबार भएको भईरहेको छ ।
 
त्यसैगरी सोमबार ६४ हजार २०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य पनि आज सोही मुल्य कारोबार हुनेछ ।    

महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५५ हजार ३०० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५५ हजार ४५ रुपैयाँ कायम गरेको छ।
 
तेसैगरी आज प्रति १० ग्राम चाँदीको मूल्य ६१७ रुपैयाँ ५० पैसा कायम गरेको छ । 

सुनको बजार मुल्य लगातार माथि उक्लिने क्रममा छ। वर्षको सुरुवातमा ५९ हजार ६०० प्रति तोलामा कारोबार भएको सुन तीन महिना पछी झन्डै ५ हजार रुपैया बढेको छ ।     

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको