Like us!
Follow us!
Connect us!
Watch us!

कर्पोरेट डेभलपमेन्टको साधारणसभा शुक्रबार, शेयरधनीको हात खाली

अर्थ संसार

मंगलबार, २४ असार २०७६, ११ : ५३ मा प्रकाशित

कर्पोरेट डेभलपमेन्टको साधारणसभा शुक्रबार, शेयरधनीको हात खाली

अर्थ संसार, काठमाडौं–  कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले ले असार २७ गते शुक्रबार साधारण सभा बोलाएको छ । साधारणसभाले २०७४\७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, नाफा नोक्सानको हिसाब गरी पारित गर्ने लगायतका एजेन्डा रहेका छन् ।

यस्तै, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि छ । बैंकले लाभांश वितरण सम्बन्धी भने कुनै पनि एजेन्डा बनाएको छैन ।
 
यसैगरी, कर्पोरेटसँग उपयुक्त संस्था गाभ्ने–गाभिने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि अघि सार्नेछ ।

सभा बैंकको शाखा कार्यालय, घण्टाघर, वीरगञ्ज, पर्सामा बिहान ७ः१५ बजे हुनेछ । असार ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको