Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ह्याम्स अस्पतालमा विशेष अफर

अर्थ संसार

मंगलबार, २४ असार २०७६, १६ : ५१ मा प्रकाशित

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ह्याम्स अस्पतालमा विशेष अफर

अर्थ संसार, काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ह्याम्स हस्पिटलसँग मंगलबार सम्झौता गरेको छ ।

बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक  प्रकाश घिमिरे ज्यू र अस्पतालका तर्फबाटसञ्चालक समितिका अध्यक्ष आर. एस. भण्डारीले हस्ताक्षर गर्नुभएको हो ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार ले हयाम्स अस्पतालमा विभिन्न विधाका स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवाशुल्कमा १०% सम्मकोछुट पाउनु हुनेछ ।यसका साथै वहाँहरुले ह्याम्स फार्मेसीमा औषधी खरिद गर्दा ५% सम्मको छुट पाउनु हुनेछ ।

देशका ९६वटा शाखाहरुबाट बैकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।    

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको