Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले गर्यो बन्र्स् भायोलेन्स् सरभाईभरस्लाई सहयोग

अर्थ संसार

मंगलबार, २४ असार २०७६, १७ : १४ मा प्रकाशित

नबिल बैंकले गर्यो  बन्र्स् भायोलेन्स् सरभाईभरस्लाई सहयोग

अर्थ संसार, काठमाडौं– नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गते बिहीबार बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाललाई एक लाख  आर्थिक सहयोग प्रदान गरेको छ । सो रकमआगलागीबाट पीडित बिरामीहरुको उपचार, आहा, विहार परामर्श तथा फिजियोथेरेपीका निम्ति प्रयोग गरिनेछ ।

बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाल आगलागीबाट हुने हिंसा/दुर्घटनाका उत्पीडित बिरामीहरुको सुरक्षा रोकथाम, वकालत, दीर्घकालीन स्वास्थ्यलाभ तथा पुनर्वासको कामहरुमा समर्पित रहदै आएको संस्था हो । स्थापना भएको समयदेखी बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपालले ५१० भन्दा बढी आगलागीबाट पीडित बिरामीहरुलाई चिकित्सा, सर्जिकल र पुनस्र्थापनामा सहयोग उपलब्ध गराएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले उक्तरकम बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाललाइलाई हस्तान्तरण गर्नु हुंदै यस्तो पवित्र सेवामा सहभागि हुन पाएकोमा सन्तुष्टी व्यक्त गर्नु भएको थियो ।

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न शैक्षिक कृयाकलाप, विज्ञान तथा प्रविधी, स्वास्थ्य, साहित्य तथा कला आदि विभिन्न सामाजिक कल्याणका क्षेत्रमा निरन्तर रुपमा सहयोग प्रदान गरी अझ बढी प्रतिवद्धताका साथ लागि पर्ने जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको