Like us!
Follow us!
Connect us!
Watch us!

घोडीघोडाको आइपिओमा पर्यो ३७ गुणाबढी आवेदन, शेयर पाउनलाई भाग्यमा भर पर्नु पर्ने

अर्थ संसार

मंगलबार, २४ असार २०७६, १९ : ०१ मा प्रकाशित

घोडीघोडाको आइपिओमा पर्यो ३७ गुणाबढी आवेदन, शेयर पाउनलाई भाग्यमा भर पर्नु पर्ने

अर्थ संसार, काठमाडौं– घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको  निशकासन गरेको साधारण शेयर (आइपिओ) मा माग भन्दा ३७.५३ गुणाबढी आवेदन परेको छ ।

विक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार मंगलबार बेलुका ५ बजेसम्म २ लाख ९०  हजार २४३ जना आवेदकबाट ४९ लाख ७६ हजार ६३० कित्ताको लागि आवेदन परेको छ । यो नै अन्तिम नतिजा भने होइन। अझै आवेदन कित्ताको संख्या बढ्नेछ ।

लुद्युवित्तले गत शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १ लाख ३२ हजार ६०० कित्ता आईपीओ निष्काशन गरेको  थियो । कम्पनीको शेयर न्युनतम कित्ता १० देखि अधिकतम १००० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो ।

यसमध्ये शुन्य दशमलव ५५ अर्थात १ हजार ३८० कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात ६ हजार ६३० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको थियो भने बाँकी १ लाख २४ हजार ५९० कित्ता शेयरमा सर्वसाधारणको लागि खुल्ला गरेको थियो ।

माग भन्दा बढी गुणा आवेदन परेपछि आईपीओ निष्काशन  छिटो समयमा बन्द गरिएको  हो । आईपीओ बिक्रीपछि  यस लघुवित्तको चुक्ता पुँजी २ करोड ७६ लाख रुपैयाँ पुगनेछ । माग भन्दा बढी आवेदन परेकाले  गोलाप्रथाबाट शेयर बाँडफाँड हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको