Like us!
Follow us!
Connect us!
Watch us!

कोइरालाको थातथलोमा कवि धरणीधरको सम्झना

मंगलबार, २५ माघ २०७३, १२ : १५ मा प्रकाशित

कोइरालाको थातथलोमा कवि धरणीधरको सम्झना

अर्थ संसार 
दुम्जा (सिन्धुली)–जागरण कवि धरणीधर कोइरालाको १२५ औं जयन्ती कविकै जन्मगाउँ कुशेश्वर दुम्जामा चित्रकला प्रदर्शनी, कविता वाचन र सांस्कृतिक कार्यक्रमसहित मनाइएको छ ।

धरणीधर स्मृति पुस्तकालय र देवीस्थान माध्यमिक विद्यालयद्वारा संयुक्त रुपमा सोमबार आयोजित धरणी जयन्तीमा एक हप्ते दुम्जा कलायात्रा–२०७३ का क्रममा तयार पारिएका चित्रकला तथा मूर्तिकला प्रदर्शनी गरिएको थियो ।

कलाकार सुरेम देशार, सुरेन्द्र अधिकारी, राजेन्द्र देशार, अनिल महर्जन र जयराम महर्जनले दुम्जाको प्राकृतिक सौन्दर्य, जनजीवन झल्कने चित्र तयार पारेका थिए । जेष्ठ नागरिक, महिला, बालबालिकाले निकै रुचिपूर्वक चित्रकला अवलोकन गरेका थिए ।

कार्यक्रममा लोककवि नारायणबहादुर कोइराला, अमन्तिनाथ कोइराला, अनिता श्रेष्ठ, नारायण दुम्जाली, सुरेम देशारलगायतले कविता वाचन गरेका थिए ।

समाजसेवी बलराम कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुरेम देशारले दुम्जालाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न सकिने सम्भावनाबारे चर्चा गर्दै भने, ‘कृष्णप्रसाद कोइरालाको जन्मस्थल दुम्जालाई धार्मिक, साहित्यिक र कृषि पर्यटनस्थलको रुपमा विकास गर्न सकिन्छ । त्यहि उद्देश्यसाथ हामी दुम्जा कलायात्रामा सहभागी भएका हौैं ।’

कुशेश्वर विद्यापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद कोइरालाले राणाशाही शासनबिरुद्ध जनतालाई जागरुक हुन झकझक्याउने धरणीधरप्रति राज्यले उचित सम्मान दिन नसकेको बताए । कार्यक्रममा सनातन धर्म सेवा समिति नेपालका केन्द्रीय अध्यक्ष माधवप्रसाद न्यौपानेले जागरण कवि धरणीधरलाई राज्यले विर्से पनि दुम्जावासीले कहिल्यै विर्सन नसक्ने बताए ।

कार्यक्रममा देवीस्थान माध्यमिक विद्यालयका बालबालिकाहरु रोशनी घिसिङ, अस्मिता लामा, मनिषा श्रेष्ठ, यादव रायमाझी, विकास लामा, रमेश श्रेष्ठ, निशा भण्डारी, प्रिती दोङलगायत लोक नृत्य प्रस्तुत गरेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको